धरान / धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए । विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता
धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो । चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।राम्रा ड
धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।गाउँपालिकाले पीडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाँडा, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्मा परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताए । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपाल
धरान / मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार
धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल
धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का
धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि
धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् । धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् । पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई
धरान / सुनसरी उद्योग वाणिज्य संघको ३९ औँ साधारण सभाको अवसर पारेर आर्थिक तथा पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार तथा औद्योगिक क्षेत्रमा योगदान पुर्याउने उद्योगीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।पुरस्कृत हुने पत्रकारहरुमा कोशीपत्र राष्ट्रिय दैनिककका कार्यकारी सम्पादक गोविन्द बस्नेत र विजयपुर एफएमका सम्पादक भैरव आङ्ला रहेका छन् । बस्नेतलाई आर्थिक क्षेत्रमा कलम चलाएवापत र आङलालाई पर्यटन क्षेत्रमा कलम चलाएवापत नगद १०/१० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । यसैगरी सुनसरीका पुराना उद्योगी व्यवसायी धरानका सुरेशकुमार शर्मा, धरान २ मा गोपाल किराना पसल सञ्चालन गर्दै आएका र
विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको