धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो
धरान / धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ । २ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् । मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्
धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्
धरान / भवन तथा अन्य संरचना बनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै धरान उपमहानगर पालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृति बिना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि उपमहानगरपालिकाको स्वीकृति बिना राख्न नपाउने निर्णय पारित गरेको छ । दुर्घटनाको जोखिम हुने, सडक भत्काएर जीर्ण बताउने तथा आवतजावतमा सर्वसाधारण तथा सवारी साधनलाई समस्या हुने भन्दै यस्तो निर्णय गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी द
धरान / गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा बिहीबार एकल प्रतियोगिताको आयोजना गरेको छ ।प्रतियोगितामा सिनियर तर्फ अंशु श्रेष्ठ प्रथम, कन्चन राई दोस्रो र सन्ध्या माझी तेस्रो भएका थिए । यसैगरी जुनियर तर्फ एलिना मास्के प्रथम, आस्था राई दोस्रा र माहिरा रेग्मी तेस्रो भएका थिए । धरान–९ आचार्य लाईन रहेको आफ्नै सेन्टरको हलमा आयोजित प्रतियोगितामा विजेताहरुलाई सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको शिल्ड, प्रमाणपत्र तथा गिफ्टह्यापर प्रदान गरेका थिए । नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।
धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ । धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो ।
धरान / नेपालको छिमेकी राष्ट्र भारतको ७४ स्वतन्त्रता दिवस भारतीय पेन्सन वितरण कार्यालयले समेत भव्यताका साथ मनाएको छ ।बिहीबार धरान १३ कोलेनीमा रहेको कार्यालयमा कार्यालयका प्रमुख मेजर भरत कनौजियाले भारतको झण्डा झण्डोत्तलन गरी कार्यक्रमको शुभारम्म गरेका थिए । भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारेको दिनलाई स्मरण गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ । सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पदभार सम्हालेको दिनलाई भारतले स्वर्णिम दिनको रुपमा लिने गरेको छ । नेपालस्थित भारतीय राजदुतावाससँगै दुतावास मातह
धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एनसिसीको जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो । गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । तालिममा अवसरमा
मोरङ / प्रदेश १ को बैठक माघको तेस्रो हप्तालाई बोलाइएको छ । प्रदेश १ का सभामुख बाबुराम गौताले प्रदेश १ को बैठक माघ २३ लाई बोलाएका हुन् । यो बैठक निर्वाचन सम्पन्न भएपछि पहिलो अधिवेशनको छैटौं बैठक हो । प्रदेशसभाका सचिव गोपाल पुराजुलीका अनुसार आगामी माघ २३ गतेका लागि वैठक बोलाइएको जानकारी दिए । उनले भने–‘उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक छैटाै बैठकको रुपमा बोलाइएको हो ।’ प्रदेश सरकारको पहिलो कार्यकालले टुंगो लगाउन नसकेको प्रदेशको नामकरणकै विषयमा छलफल हुने सचिव पराजुलीले जननकारी दिए । उनका अनुसार योसँगै बैठकमा प्रदेशसभाका विषयगत समितिको टुंगो लगाउने बारे छलफल हु
धरान / खोलाकिनार अतिक्रमण गरी बसेका सर्वसाधारणलाई धरान उपमहानगरपालिकाले उठाउने क्रम जारी छ । प्रयास जारी रहे पनि पूर्ण नियन्त्रणमा भने उपमहानगरपालिकालाई मुस्किल परेको छ ।धरानका सर्दु, सेउती खोला किनारामा जोखिमको प्रवाह नै नगरी घर टहरा बनाउनेको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले जोखिम न्यूनीकरण गर्न त्यस्ता वस्तीहरु उठाउन थालेको छ । बुधबार पनि उपमहागरपालिकाले धरान ११ सर्दु खोला किनारको सुन्दर वस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको नगरप्रहरीको सहयोगमा वस्तीहरु भत्काएको पाइएको छ । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको टोलीले अनधिकृत ढंगबाट बनाइएका बासको घेराबारा गरी टहरा बन