स्थानीय

    Showing 4,441-4,450 of 4,960 items.
  • धरान १४ का खेलाडीलाई सहयोग

    धरान/ खेलाडीको प्रोत्साहनका लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको छ ।खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश साहले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गरेका हुन् । स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘स्थानीय सरकारले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न लागिरहेको अवस्थामा अन्य क्षेत्रबाट पनि खेलकुदको विकासका लागि सहयोग गर्दा सहज हुन्छ, आगामी दिनमा पनि सहय

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्दिरमा चढाएको परेवा व्यवस्थापन भएन

    धरान  l कोरोना सहज हुदै गएपछि धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा पूजाआजा गर्ने र भाकल गरेको परेवा उडाउनेको संख्या बढ्दै गएको छ । तर त्यहा चढाएको परेवाको व्यवस्थान नहुदा परेका मर्ने, सर्वसाधारणले मारेर् खाने लगायतका समस्या हुने गरेपछि मन्दिरकै लागि चढाएको परेवा घाडो हुने गरेको छ । नेपालकै शक्तिपिठमध्ये एक दन्तकाली मन्दिरमा विशेष गरी धरान लगायत भारतका विभिन्न स्थानबाट भाकल गरेकाहरुले परेका उडाउने गरेका छन् । परेवा उडाउदा आफूले भाकल गरेको कुरा पूरा हुने विश्वास लिइएको छ । दैनिक परेवा उडाउनेको संख्या भएपनि मन्दिरले परेवा व्यवस्थापनमा खोर निर्माणदेखि चारो दिने व्यवस्था नगर्दा कतिपय पर

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो, हेलिकप्टरबाट धरान ल्याइएकी युकाको मृत्यु

    धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाध्यक्षको पाँच वर्षे विकास यात्राः सडक ४ माइल, साहित्यमा सहस्र माइल

    ‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ ।’यो कुनै महान् दार्शनिकको भनाइ होइन । तर महान् काम गर्ने एकजना सामान्य मानिसको भोगाइ हो । एउटा मन्त्रीले ‘बोल्ने भाँती’ नपुर्‍याउँदा ‘वडाध्यक्ष’ जत्तिको पनि बुद्धि नभएको भनेर आलोचना गर्छ हाम्रो समाज । त्यही समाजको परिवर्तनका खातिर चेतना र बौद्धिक विकासमा उल्लेखीय काम गर्न सफल धरान १३ का ‘वडाध्यक्ष’ नेत्र काफ्लेको भनाइ हो यो । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 1,819 पटक पढिएको
    • "नवराज विष्ट"
  • एमालेद्वारा १४ नं. वडामा टोल कमिटी गठन

    धरान/ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमालेले कमिटि विस्तारलाई तिब्रता दिइएको छ । सोही अनुरुप मंगलबार १४ नं. वडा कमिटिले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडाको संयुक्त भेलाले हसन्त राईको अध्यक्षतामा ३५ सदस्यी टोल कमिटी गठन गरेको हो । भेलाले सचिव गुनश्वरी राई सदस्यहरु कविता थापा , श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, सेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई , आशा राई, कल्पना श्

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाह आय खस्कदै : स्थानीय सरकारको भुमिका शुन्य

    धरान । नेपालको प्रमुख आय स्रोतको रुपमा चिनिएको पर्यटन क्षेत्र सरकारको कागजी नितिकै कारण गुम्दै जान थालेको छ । योजनाहरु व्यवहारमा नभई कागजमै मात्र सिमित हुँदा पर्यटन क्षेत्रहरुको आय आर्जन खस्किदै गएको हो । यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका ४ र ५ मा रहेको सिमसारको प्रवद्र्धनमा स्थानीय सरकारबाट खासै भुमिका खेल्न नसक्दा आयआर्जन खस्किदै गएको स्थानीयको गुनासो छ । गाउँकै आयआर्जनमा टेवा पु¥याउदै आएको सिमसारको संरक्षण र प्रर्वद्धनमा सरकारले खासै भुमिका खेल्न नसकेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले बताउँछन् । उनले भने, “माथिल्लो निकायहरुबाट क

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,240 पटक पढिएको
    • "सन्जाेगबाबु दाहाल"
  • सियोनले अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने

    धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानी अभाव बढ्दै

    धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी सफारीमा महिलाको आकर्षण : आम्दानीको दिगो स्रोत

    धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,419 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : कानुनी प्रतिरक्षा गर्न प्रतिबद्धता

    धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 964 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved