स्थानीय

    Showing 411-420 of 5,039 items.
  • मनोजः भूगोल र मन जोड्न आएको मान्छे

    मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।  तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए ।

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 358 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औं बुढासुब्बा गोल्डकप : 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश

    सुनसरी/बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको लालीगुँरास एसोसियसन पोखरालाई पराजित गर्दै नव आगन्तुक 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश गरेको छ ।  २-१ गोल अन्तरको जित निकालेको प्लानिङका लागि खेलको दोस्रो हाफको १३औं मिनेट र ४१औं मिनेटमा क्रमशः विलियम एलेक्स र म्यान अफ द म्याच प्रतापसिंह राईले योगदान गरे । पहिलो पटक प्रतियोगितामा सहभागी दुवै टिमले मैदानमा भएको असमझदारीका कारण तीतो अनुभव गर्न पुगे ।  पहिलो हाफ मध्यतिर दुई टिमबीच भएको घम्साघम्सीपछि प्लानिङ बोइजका पापा इबोउ केबी र लालीगुराँस पोखराका इस्कन्दर सिद्दिकी जुनो रेड कार्ड पाउँदै मैदान बाहिरिए । लालीगुर

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दिपासहित झापाबाट ४ जना ब्राउन सुगरसहित पक्राउ

    झापा/ लागूऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको गौरीगञ्जबाट धरानकी एक युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब १ः३० बजे गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा पूर्व आपगाछीबाट पश्चिमतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले रोकी चेकजाँच गरेको थियो। प्रनि भुवन बाबु खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 347 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी अभिमुखिकरण सम्पन्न

    धरान/ यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल माघ २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा+२ तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वविन राईले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा विद्युतीय कारोबार ऐन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले डिजिटल युगमा सचेत र जिम्मेवार प्रयोगकर्ता बन्न विद्यार्थीलाई आग्रह गरे। त्यसैगरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारद प्रसाद दाह

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल आर्किटेक्चरल प्रदर्शनीमा मोडर्न स्कुलका विद्यार्थी प्रथम

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (Eastern Region Campus), आईओई धरानमा Society of Architecture Students (SOAS) द्वारा आयोजित पूर्वाञ्चल आर्किटेक्चरल एक्जिबिसन “स्पर्श: Back to the Roots” मा इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। विद्यालय तहअन्तर्गत आयोजित प्रतिस्पर्धामा कक्षा ७ की छात्रा सोयाशा भगत ले Live Art Competition मा प्रथम स्थान हासिल गर्न सफल भइन्। उनले आकर्षक कला प्रस्तुति मार्फत निर्णायकको मन जित्दै उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै, कक्षा ६ का छात्र रोहन थापा ले Paper Craft Competition

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप : झापा ११ सेमिफाइनलमा प्रवेश

    धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनको खेलमा झापा ११ एफसी ले काठमाडौँको सातदोबाटो यूथ क्लब लाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। धरान रङ्गशालामा मङ्गलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट खेल प्रस्तुत गर्दै सातदोबाटोलाई स्तब्ध बनाएको हो। खेलको १६औँ मिनेटमा राजेश दाहाल ले गोल गर्दै झापालाई अग्रता दिलाए। दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापा मगर ले निर्णायक गोल गरेपछि झापाको जित लगभग सुनिश्चित भयो। सातदोबाटोका वेविरोस ले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सके

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सरसंग जुध्दै ममता उपचारमा सहयोग गरिदिन सबैसंग आग्रह

    धरान/ दोस्रो पटक क्यान्सरसंग लडिरहेकी ममता राई खड्काको यो दोस्रो किमो हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई तेस्रो किमोका लागि फागुन ५ गते बोलाएको छ । तर खर्च उभावले थप उपचार अनिश्चित बनेको छ । मजदुर नेता भीमज्वाला राईसंगको कुराकानीमा आधारित  धरान १५ सगरमाथा लाइनकी ५२ वर्षिया ममता राई खड्कालाई २०८१ सालको लाग्दै ब्रेस्ट क्यान्सर देखा परेको थियो । नास्ट कलेजको बसका चालक श्रीमान शुक्र राईले उपचारका लागि कुनै कसुर बाँकी राखेनन् । ८ वटा किमो चल्यो । ८ वटा इन्जेक्सन दिइयो, दाहिने तर्फको ब्रेस्ट शल्याक्रिया भयो । २०८१ चैतमा उनलाई बीपी प्रतिष्ठानले डिस्चार्ज दियो । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

    धरान/  हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ। एपका संस्थापक डिके दाहालका अनुसार JobLink Connect ले कामदार र रोजगारदातालाई सिधै जोड्ने उद्देश्य राखेको छ। यसमार्फत कामदारले घरमै बसेर आफ्नो सिप र दक्षताका आधारमा काम खोज्न सक्नेछन् भने रोजगारदाताले पनि आवश्यक जनशक्ति सजिलै भेट्टाउन सक्नेछन्।   JobLink को अवधारणा CUHK EMBA अन्तर्गत MIT Hong Kong Innov

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘बालकला साहित्य महोत्सव फागुनमा

    धरान/  बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पाथिभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक बिक्रम कुमार घिमिरेले बताए । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदाताको मन जित्ने दौड : झापा–१ मा १५ उम्मेदवार आमनेसामने

    झापा/  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दलका शीर्ष नेता देखि नयाँ अनुहारसम्म मतदाताको मन जित्न घर–घरमा पुगिरहेका छन्। भारतसँग सिधा सीमा जोडिएको, व्यापारिक नाका र सामाजिक–वैचारिक विविधता बोकेको झापा–१ यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशालाका रूपमा देखिएको छ। यहाँको नतिजाले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको छ। मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका चार वडा र भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको यस क्ष

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved