मलद्वारमा लुकाएर ल्याउँदै गरेको १६.४ ग्राम खैरो हिरोइनसहित युवक काँकरभिट्टामा पक्राउ

  • जेठ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास गरेका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले बुधबार बिहान करिब ११ः४५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा आएका एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरी रहेका छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका चौधरीमाथि शंका लागेपछि प्रहरीले सोधपुछ तथा खानतलासी गरेको थियो।

जाँचका क्रममा उनले मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

संसद आज पनि अवरुद्ध ...

काठमाडौं/  प्रतिनिधि सभा बैठक मंगलबार पनि बस् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved