नेपाल भित्रिँदै गरेका युवक ४८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित पक्राउ

  • जेठ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भारतबाट अवैधरूपमा लागुऔषध भित्र्याउने प्रयास गर्दै गरेका एक युवकलाई झापाको काँकरभिट्टाबाट प्रहरीले ठूलो परिमाणको खैरो हिरोइनसहित पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ स्थित मेचिडाँडामा शंकास्पद अवस्थामा नेपालतर्फ पैदल आउँदै गरेका काठमाडौँको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट मेची खोलाको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका कार्कीमाथि शंका लागेपछि शरीर तथा सामान जाँच गरिएको थियो। जाँचका क्रममा उनले लगाएको बक्स पाइन्टको दाहिने गोजीमा लुकाएर राखिएको सेतो प्लाष्टिकको पोका फेला परेको थियो।

उक्त पोका खोलेर हेर्दा खैरो हिरोइन भेटिएको र डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम तथा प्लाष्टिक बाहेक ४८ ग्राम ६० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले कार्कीको साथबाट प्रयोगमा रहेको आईफोन १६ प्रो म्याक्स, त्यसमा प्रयोग भएको मोबाइल नम्बर तथा रु ८ हजार नगद समेत बरामद गरेको छ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved