स्थानीय

    Showing ३,६११-३,६२० of ५,३६० items.
  • जेष्ठ नागरिकलाई छलफल गर्न र महिलाहरुको सिपमुलक कार्यक्रम गर्न सम्पर्क कार्यालय स्थापना

    धरान/  जेष्ठ नागरिकहरुका लागि आराम, रमाइलो सहित छलफल तथा विचार विमर्श गर्नुका साथै महिलाहरुमा सिप सिक्ने स्थानका रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिक सेवा मिलन केन्द्र सम्पर्क कार्यालय र महिला उद्यमी सिपमुलक, जनचेतना, क्षमता विकाश, आयमुलक प्रशिक्षक सम्पर्क कार्यालयको स्थापना गरेको छ । वडाको पाथिभरा लाईनमा रहेको रात्रीकालिन बसपार्कमा रहेको टिकट काउण्टरलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरि वडा महिला संजाल र जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई सोमबार प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष नरेश इवारमले चाबी हस्तान्तरण गरेका छन् । धरान ८ भोटेप

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ६३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला उद्घाटनकालागि राष्ट्रपतिलाई निमन्त्रणा

    वराहक्षेत्र/ नेपालको एक मात्र कुम्भ मेला स्थलको रूपमा रहेको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा चैत्र २७ गते १ महिनासम्म आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको छ । आइतबार नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह(अध्यक्ष रमेश कार्कीले काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा पुगेर सम्माननीय राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र दिएर कुम्भ महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका थिए । राष्ट्रको गौरव र नेपालीको सानको र

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको बाङ्गे बजारमा अनुगमन, म्याद सामाग्री नष्ट

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आईतवार बाङ्गे बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले बाङ्गे बजारका पसलहरु अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्यन सामाग्री बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट, नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक लगाएका सामाग्रीहरू फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दत्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलहरूमा ५ हजारस

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ५८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड फाइनलमा भिड्ने

    धरान/ डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा संपन्न भइरहेको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले काम्रेल स्कुललाई ३४–२८ र होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५०–१३ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा प्रभात र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ९–७, ७–७, ८–६ र १०–८ अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २६ अंक जोडेका

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ६९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुगम वडामा एउटा पनि छैन विद्यालय, दुई घण्टाको पैदल हिड्नुपर्ने बाध्यता

    धरान/ धरान उपमहानगरपालिका शिक्षा, स्वास्थ्य र टोलटोलमा कालोपत्रे सडकको सहरको नामले नेपालमै प्रचलित छ । तर यही उपमहानगरपालिकाको कुनै कुनै वडामा सहज रुपमा सवारी साधन पुग्दैन र विद्यालय जानका लागि विद्यार्थीहरु घण्टौ हिड्नुपर्छ भन्ने कुरा सायदै कसैलाई थाहा छैन । यस्तै अवस्था छ धरान धरान उपमहानगरपालिका वडा नं. ४ शिवजट्टामा । यहा कच्ची सडक भएपनि सवारी साधन पुग्दैन जसले गर्दा बालबालिका घण्टौ हिडेर विद्यालयसम्म पुग्न बाध्य छन् । झट्ट हेर्दा शिवजट्टा धरान उपमहानगरपालिकभित्रै पर्छ भन्दा धरैलाई पत्यार लाग्न नसक्ला । धरानका सबै वडाहरु चिल्ला कालोपत्रे भइरहँदा धरान ४ शिवजट्टासम्म पुग्न सवारी साधन पुर्

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ८२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड सेमिफाइनल प्रवेश

    धरान/ डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा संपन्न भइरहेको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४–५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६–७ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । आइतवर भएको पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५–४, २१–०, ०–१ र ६–० अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईल

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • १,९७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्य परिक्षण

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ७०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइकल रेसको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना

    धरान/ साहसिक खेल साइकिलिङको प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब धरानले सोमबार साइकलिङ दौड प्रतियोगिताको आयोजना गर्दैछ । धरानमा साहसिक खेल साइकलिङको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले फागुन ७ गते सोमबार प्रतियोगिताको आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । संयोजक विनयलाल श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्दै गत बर्ष कोरा राइड च्यालेन्ज प्रतियागिता आयोजना गरिएसँगै प्रतियोगितालाई निरन्तता दिन यस बर्ष रोटरी क्लब धरानको व्यानरमा आयोजना गर्न लागिएको हो । धरानका आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिता रहने आ

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ६७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रको गरेको सहयोगका प्रशंसा

    धरान/ धरान १९ मा स्थापना भएको अपांंग तथा असहाय केन्द्रको कामको मुल्यांकन सर्वत्र हुन थालेको छ । असाय तथा अपांगहरुकै लागि सहयोग गर्ने उद्देश्यले गठन भएको यो केन्द्रले नियमित गर्दै आएको सहयोगको प्रशंसा भएको हो । अपाग तथा असहायहरुको सहयोगमा लागि परेको धरान १९ को अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको कामको प्रंशसा गर्दै सहयोगी हातहरु समेत बढेका छन् । निम्न आय स्रोत भएका तथा अपांगहरुलाई खाद्यान्न सामाग्री, लत्ता कपडामात्र सहयोग यो संस्थाले गरेको छैन । केन्द्रसँग भएको सामाथ्र्य तथा समाजमा अन्य व्यक्तित्वहरुसँग सहकार्य गरेर अपांग तथा असायहरुका परिवारलाई पठनपाठनसँगै स्वास्थ्य उपचारका लागि समेत

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ६३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विशेष काव्यगोष्ठी सम्पन्न

    विराटनगर/ सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती माताको पूजाको दिन पारेर भव्य एवम् विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य स्रवण गराएका थिए । काव्य श्रवण गराउन काव्य प्रेमीहरुमा कृष्णप्रसाद गुरागाईंँ, राधिका गुरागाईँ, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’ हरि बराल, निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराई, लक्ष्मी रायमाझी खडका, प्रिन्स प्रमोद कुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा, बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ६०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved