साइकल रेसको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना

  • फागुन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ साहसिक खेल साइकिलिङको प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब धरानले सोमबार साइकलिङ दौड प्रतियोगिताको आयोजना गर्दैछ ।

धरानमा साहसिक खेल साइकलिङको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले फागुन ७ गते सोमबार प्रतियोगिताको आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

संयोजक विनयलाल श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्दै गत बर्ष कोरा राइड च्यालेन्ज प्रतियागिता आयोजना गरिएसँगै प्रतियोगितालाई निरन्तता दिन यस बर्ष रोटरी क्लब धरानको व्यानरमा आयोजना गर्न लागिएको हो ।

धरानका आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिता रहने आयोजक संस्थाका अध्यक्ष शिवनन्द साहले बताए ।

उनका अनुसार यस बर्ष आयोजना गरिने प्रतियोगिताबाट उठेको रकमले धरान १५ खोरिया बस्तीमा रहेको जनता आधारभूत विद्यालयमा १ लाख बराबरको केटाकेटीले खेल्ने पिङ, चिप्लेटी लगायतका खेल स्थल निर्माण गरिदिने बताए । उनले प्रत्येक बर्ष आयोजना गदै जाने र उठेको रकमले यसरी नै सहयोग गर्दै जाने बताए ।

प्रतियोगिताको सम्पूर्ण संयोजनको भूमिका विनयलाल श्रेष्ठले गर्नेछन् । उनल सो अवसरमा प्रतियोगिताको बारे जानकारी दिएका छन् ।

उनका प्रतियोगिले १६ किमी दूरी तय गर्नुपर्ने हुन्छ । धरानको भानुचौकबाट साइकल दौड शुरु भई धरान १५ खोरिया वस्तीमा रहेको आधारभूत विद्यालयमा सम्पन्न हुनेछ ।

रोटरी साइलो फन नामक आयोजित प्रतियोगितामा १ सय जना स्थानीय तथा राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउने उनले जानकारी दिए ।

‘बालबालिकालाई शिक्षा’ नाराका साथ सञ्चालन भएको सो प्रतियागितामा स–साना बालबालिकाको प्रोत्साहनको लागि सोही प्रतियोगितामा ७ किमी दूरीको प्र्रतिष्पर्धा समेत गराइने आयोजले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले २० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजारसहित मेडल र सर्फिफिकेट प्रदान गरिनेछ । यसैगरि महिलातर्फ ‘फास्टेड राइडर’ लाई ५ हजार र ‘मास्टर +४०’ लाई ५ हजार मेडल र सटिफिकेट प्रदान गरिने भएको छ ।

 

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved