बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला उद्घाटनकालागि राष्ट्रपतिलाई निमन्त्रणा

  • फागुन ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ नेपालको एक मात्र कुम्भ मेला स्थलको रूपमा रहेको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा चैत्र २७ गते १ महिनासम्म आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको छ ।

आइतबार नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह(अध्यक्ष रमेश कार्कीले काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा पुगेर सम्माननीय राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र दिएर कुम्भ महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका थिए ।

राष्ट्रको गौरव र नेपालीको सानको रूपमा रहेको चतराधाममा यस अगाडि सम्पन्न भएका महाकुम्भ महोत्सवमा सरकार प्रमुख, राष्ट्र प्रमुखबाट उद्घाटन भएको र आगमि चैत्र २७ देखि वैशाख २८ गतेसम्म आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटनका लागि सम्माननीय राष्ट्रपति ज्युलाई निमन्त्रणा गरिएको नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह-अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिज्यूले महाकुम्भ महोत्सवमा आउने कुरालाई सकारात्मक रूपमा लिनु भएको छ ।

यस अगाडि आयोजना भएका कुम्भ मेलामा पनि उहाँको आगमन भइसकेको र कुम्भ मेलाको बारेमा ज्ञान भएकाले उद्घाटन कार्यक्रममा आउने सम्भावना धेरै रहेको छ ।

राष्ट्रपति कार्यालयमा नगर प्रमुख वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह(अध्यक्ष रमेश कार्की सहित नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, वडा नं ७ का अध्यक्ष कपिल आचार्य,

बिपी आधारभूत विद्यालयका प्रअ गोकुल गुरागाईँ, सह(प्राध्यापक दिवस बिस्टको उपस्थिति रहेको थियो ।

चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितियासम्म १ महिना आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेलालाई सफल बनाउन स्थानीय सरकार लागि परेको र यसका लागि प्रदेश,

सङ्घीय सरकार तथा सरोकारवाला निकायहरूसँग समन्वय राखेको नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह(अध्यक्ष रमेश कार्कीले बताए ।

मेलालाई सभ्य तथा भव्य रूपमा आयोजना गर्ने प्रचारप्रसार, संरचना निर्माण, पत्राचार, निमन्त्रणा, सरसफाइका कार्य भइराखेको र पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समिति मार्फत सचिवालय गठन गरी कार्यालय स्थापना गरिएको उनले बताए ।

नेपालको एक मात्र कुम्भ स्थलको रूपमा रहेको चतराधाममा ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् ।

भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ ।

चतरा धाममा आयोजना हुने कुम्भ मेला राष्ट्रको गौरव र नेपालीको सानको रूपमा रहेको छ ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved