श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड सेमिफाइनल प्रवेश बिकास चाम्लिङ राई

  • फाल्गुन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा संपन्न भइरहेको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४–५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६–७ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन ।

आइतवर भएको पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५–४, २१–०, ०–१ र ६–० अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २५ अंक जोडेका छन ।

यसैगरि दोसा्रे क्वाटर फाइनल खेलमा होलिल्याण्ड र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा २६–४, १२–१०, १५–६ र १३–७ अंक जोडे । खेलमा होलिल्याण्डका डोनिस सुनुवारले व्याक्तिगत १७ अंक जोडे ।

यस अघि आयोजक डिपो र काम्रेल स्कुल सेमिफाइनल प्रवेश गरिसकेका छन ।

भोलिको पहिलो सेमिफाइनल खेल प्रभात र कामे्रल स्कुल र दोस्रो सेमिफाइनल खेल डिपो र होलिल्याण्ड स्कुल विच हुनेछ ।

 

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved