वराहक्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्य परिक्षण

  • फागुन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् ।

नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले जानकारी दिए ।

उक्त योजना गत आर्थिक बर्षबाट नगर कार्यपालिकाबाट कार्यबिधि बनाएर सञ्चालन भइराखेको छ ।

स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको स्वास्थ्य परीक्षण, परामर्श सेवा स्वास्थ्य परीक्षण सहित उपचार गर्ने गरिएको वडा नं ११ का अध्यक्ष कृष्ण कुमार महत्वले बताए ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved