स्थानीय

    Showing 2,891-2,900 of 4,926 items.
  • बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

    धरान/  धरान बास्केटवल संघले नवौ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई विहिवार बास्केटवल जर्सी प्रदान गरेको छ । धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प संपन्न भइरहेको छ । क्याम्पमा सहभागि ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान म

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 845 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट भरुवा बन्दुक सहित एक पक्राउ

    इटहरी/  प्रहरीले धरानबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् ।सोमबार राति प्रहरीले सोही उपमहानगरपालिका–१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित राईलाई पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले राईलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी.पी.प्रतिष्ठानको प्रवक्ता तथा सह प्रवक्ता नियुक्त

    धरान/ वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नया“ प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन् । नव नियुक्त प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डाक्टर अन्जु प्रधान नियुत्त भएकी छिन । त्यसैगरि  सह-प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजीत कुमार नियुक्त भएको जनाइएको छ । दुवै जनाको कार्यकाल २०८१ जेठ १७ गते देखि लागु भई २ (दुई) वर्षका लागि हुनेछ । यसभन्दा अघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह-प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह थिए ।

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 3,107 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा शिक्षा सुधारका लागि ३० बुदे साझा संकल्प

    इटहरी/ इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सम्पुर्ण सामुदायिक विद्यालयले साथ दिएको छन । इटहरीका ३६ विद्यालय ब्यबस्थापन समिति र अभिभावक संघहरुले ३० बुदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन । आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्रथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका हुन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी र सरसफाई गुरुयोजनाको माग : सांसद बस्नेत

    धरान/ जलवायु परिवर्तनले मानवीय जनजीवनमा ठुलो असर पुर्याएको अवस्थामा कोशी प्रदेशका सांसद रमेश कुमार वस्नेतले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेशसभा वैठकमा सांसद वस्नेतले ध्यानाकर्षण गराएका हुन् । मगलबार सुन्य समयमा बोल्दै सांसद वस्नेतले अझै पनि सवै जना सजग र सचेत नबने भवाभह अवस्था सृजना हुँदै त्यसको निराकरणको लागि प्रदेश सरकारको गंभीर ध्यानाकर्षण गराउँदै सरकारले गुरु योजना वनाएर ठोस कार्यान्वय गर्नु पर्ने आवस्यकता भएको बताए । जलवायू परिर्वतनले वर्षेनी ठुलो धनजनको क्षतिको चपेटामा पर्नु परिरहेको दुखद अवस्थामा अव सरकार गंभीर नवनेको खण्डमा झनै समस्या विकराल बनेर जाने भएकोले तत्काल गुरु यो

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नव निर्वाचित एमाले सुनसरी अध्यक्ष खनालकोे निधन

      धरान/  नेकपा एमालेको आठौ जिल्ला अधिवेशनद्धारा निर्वाचित भएका सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ ।  प्याँक्रियाजको जटिल समस्याबाट लामो समयदेखि ग्रसित खनाललाई उपचारको लागि भारत लैजाने क्रममा निधन भएको जनाइएको छ । उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन भएको पुष्टि एमाले नेता मुरारी सुवेदीले फेसबुकमार्फत गरेका छन् । खनाल यही जेठ पहिलो साता इटहरीमा सम्पन्न एमालेको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निवार्चित भएका हुन् ।  खनाल सपथ ग्रहण पश्चात कार्यवाहक दिएर उपचारको लागि भारत तर्फ प्रस्थान गरेका थिए । उनको

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई.आईडलकि फाईनलिस्ट सुम्निमाले हिमाली मा.बि.मा नृत्य प्रस्तुत गर्दै मागिन भोट

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान-५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।  बिद्यालयले "सुम्निमा राई जिताउ अभियान" को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।  आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 976 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा एक युवाले पेट्रोल खन्याएर लगाए शरीरमा आगो

    विराटनगर/ विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिभाइन वाइनले धरानमा बिरुवा रोप्ने

    धरान/ श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलम

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य संघद्वारा औषधी सहयोग

    धरान/ आर्थिक अवस्था कमजोर हुनेहरुका लागि स्वास्थ्य उपचार गर्न अत्यन्तै कठिन हुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालमा पुगेका विरामीले समेत राम्रोसँग उपचार गराउन पाइरहेका हुदैनन् । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघ धरानले आर्थिक कमजोर भएका विरामीहरुलाई लक्षित गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञानलाई औषधि प्रदान गरेको छ । पछिल्लो समय अत्याधिक गर्मीका कारण झाडा, पखाला, दम, खोकी लगायतका विरामी प्रतिष्ठानमा बढेका छन् । त्यससँगै दीर्घ रोगीको संख्या समेत बढ्दै गएको छ । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघले गरिब तथा असहाय विरामीलाई लक्षित गरी प्रतिष्ठानलाई विभि

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved