हिविकस जिल्ला स्तरीय प्रतियोगिता धरानमा तयारी शुरु,सय बढी विद्यालयको सहभागिताको अनुमान "प्रतियोगिता पुष १२ र १३ गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ"

  • असोज १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।विद्याथीहरुको बौद्धिकताको क्षमता विकास गर्ने उद्धेश्यले तेस्रो जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ।
हिविसकस इङलिस वोडिङ स्कुल धरानले तेश्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो ।स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिए ।विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको छ ।
विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा यस वर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।प्रतियोगितामा सुनसरी जिल्ला भरीका १सय विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १० हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।प्रतियोगिता पुष १२ र १३ गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १३ गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल बनेको थियो ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved