प्रतिष्ठानकै गेट अघि एक करोडको फोरडी अल्ट्रासाउण्ड सञ्चालनमा "."

  • असोज १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दक्षिण एसियाकै प्रतिष्ठित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई चुनौती दिदै प्रतिष्ठानको गेट अघि झण्डै एक करोड बराबरको फोरडी अल्ट्रासाउण्ड(भिडियो एक्सरे) सेवा सञ्चालनमा आएको छ ।

उक्त फोरडी अल्ट्रासाउण्ड कोशी प्रदेशमा नै पहिलो भएको बिर्तामोड डाइग्नोस्टिक एण्ड पोली क्लिनिकले दाबी गरेको छ । आइतबार क्लिनिकले एक भव्य औपचारिक कार्यक्रम गरी शुभारम्भ गरेको छ ।

महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस धरान उपमहानगर महिला नेतृ शीला बज्राचायले समुद्घाटन गरिन ।

क्लिनिकका सञ्चालक नरेन्द्र कुमार देवले कोशी पत्रलाई बताए अनुसार उक्त फोरडी अल्ट्रासाउण्ड पुर्वाञ्चलमै पहिलो पटक यस्तो अत्याधुनिक सेवा धरानमा सञ्चालनमा आएको बताए ।

उनले भने,“यो अल्ट्रासाउण्ड पहिलो नै हो, सरकारी तथा निजी क्षेत्रमा हाल सम्म यस्तो अत्याधुनिक प्रविधी अहिले सम्म छैन,विरामीलाई सहजता बनाउनको लागि हामीले सर्वसुलभ रुपमा यस्तो सेवा शुरु गरेका हौं।

”स्यामसुम कम्पनीको भिएड रेजुलेशन भएको अल्ट्रासाउण्डको प्रयोगले गर्भमा रहेको बच्चाको सम्पूर्ण अवस्था पत्ता लाग्ने , लिभर इलास्ट्रिीगोफी,इको कार्डियोलिग्राफि,बिभिएर९पाठेघरको मुखको क्यान्सर० लगायतको सम्पूर्ण रोगको उक्त प्रविधीबाट जाँच गर्न सकिने सञ्चालक देबले बताएका छन् ।

उनका अनुसार विराटनगरमा अल्ट्रासाउण्ड गर्दा लाग्ने खर्च बराबर नै यहाँ जाँच गर्न सकिने बताइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved