फाईल तस्बिर
धरान । अत्यधिक गर्मीसँग मंगलबार बेलुकी पखदेखि पानी परेर देशैभर जनजीवन प्रभावित बनेको छ ।सुनसरीको बराहक्षेत्रको वडा नम्बर ६ को श्रीलंका टापुमा शक्रबार बेलुकी गोठमा गएको मानिसहरु कोशीको पानीको बहाबका कारण थुनिएको प्रमुख जिल्ला अधिकारी राम चन्द्र तिवारीले बताए ।
उनका अनुसार गोठमा रहेका प्रारम्भिक जानकारी अनुसार ३० जना मानिसहरु टप्पुमै थुनिएको बताइएको छ । प्रजिअ सहितको टोली अहिले कोशी टप्पुमा उद्धारको निम्ति जाँदै गरेको वताइएको छ । यसैवीच मौसम अनुमान शाखाको रेडअर्लटमा परेको कोशी प्रदेशको ११ जिल्लामा झनै कष्टकर बनेको खवर प्राप्त भएको छ ।
११ जिल्लाको रेडअर्लटमा परेको जिल्ला धनकुटाको पख्रिबास नगरपालिका ५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।
यस्तै झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा९३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।
शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ । पाँचथरको फिदिम नगरपालिका(४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ ।
उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं। २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना बेपत्ता भएका छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।यसैगरी काभ्रेको पनौती नगरपालिका(११ थुम्की भन्ने स्थानमा पहिरोले ५र६ वटा घर पुरिँदा ४र५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ ।
विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।यसैवीचि निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह पनि वढपछि जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् ।
यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।
तस्वीर ःसेहरा खोलाले धरान ५ को गुम्बा तथा पुलमुनिको बस्ति कटान सुरू गरको छ । त्यहाँ आसपासका घरहरु तथा वस्ती खोलाको उच्च जोखिममा रहेको पत्रकार केदार वस्नेतले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।