विराटनगर/ विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा
इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद
चतरा/ माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत
विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि
धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda
सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी
धरान ।उपमहानगरबासी भएर पनि उपेक्षामा परेको साविकको पाँचकन्या र विष्णुपादुमा रहेका ग्रामीण भेगको जनताको काम र सरोकारवाला निकायलाई ध्यानकर्षण गराएर अघि बढ्नको लागि धरान ६ पानवारीका राजनीतिक दलहरु एक ढिक्का भएका छन् । धरान उपमहानगरवासी भएर पनि उपेक्षामा परेको भन्दै त्यहाँ रहेका सवै दलहरु एक ढिक्का भएर अघि बढ्नको लागि राजनीतिक पार्टीको सर्वदलीय संयन्त्र शनिबार भएको सर्वदलीय भेलाद्धारा गठन भएको छ । उक्त भेलाले हाललाई पार्टीबाट दुई,दुई जना प्रतिनिधित्व गर्ने गरी सर्वदलीय सम्यन्त्र बनाउन तदर्थ समिती गठन गरेको बताइएको छ । नेपाली काँग्रेस ६ नम्बर वडा समितीको संयोजनमा उक्त भेला सम्पन्न भएको हो । पार्ट
चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा वडा नम्बर ८ र वडा नम्बर ९ बीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा १-१ अंक बाँड्नुपरेको थियो। वडा नम्बर ९ ले तीन खेलमध्ये एक जित र दुई बराबरीको नतिजासहित ५ अंक जोड्दै समूह चरणबाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो। त्यस्तै, तीन खेलमध्ये एक जित, एक बराबरी र एक हार बेहोरेको वडा नम्बर ८ ले ४ अंक जोड्दै समूह ‘ए’ बाट तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनायो। यस समूह
धरान/ कलोथ फाउन्डेशन नेपालले धरान उपमहानगरपालिका वडा नं. ५ मा पुगेर न्यानो कपडा वितरण गरेको छ । फाउन्डेशनले स्थानीय सरकार ५ नं. वडा समितिसँग सहकार्य गरेर वडामा रहेका गरिब तथा असहायहरुलाई निःशुल्क कपडा वितरण गरेको हो । विगतमा समेत वडाका विपन्न परिवालाई विभिन्न ठाउँमा जाडोको कपडा वितरण गरेको्र क्लोथ फाउन्डेशनले वडाको आग्रहमा गरिब तथा असहायलाई कपडा वितरण गरेको हो । सो अवसरमा ७० जना जेष्ठ नागरिक महिलाहरुलाई लुंगी तथा अन्यलाई समेत जाडोको कपडा वितरण गरिएको क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिए । वडामै पुगेर गरिब तथा असहायलाई कपडा वितरण गरेकोमा ५ नंं वडाका वडाध्यक्ष मनप्रसाद लि
धरान/ पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ । धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उनका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् । यहा अहिले का