कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा इन्जिनियर विद्यार्थीहरूको नवप्रवर्तनशील सहभागिता

  • वैशाख २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा आधारित नवीन योजना विकास गर्न र स्थानीय समुदायको समृद्धिमा योगदान पुर्‍याउन एलिसन हस्पिटालिटी प्रा. लि.ले ‘पर्यटन प्रोजेक्ट सोकेस–कोशी’ नामक प्रतियोगिताको आयोजना गर्ने भएको छ।

इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतिस्पर्धामा देशभरका २१ टिमले आवेदन दिएमा पनि प्रारम्भिक छनोट प्रक्रियाबाट १० टिम फाइनलमा पुगेका छन्।

भिडियो :

यी टिमहरूले डाँडाबजार, राजारानी, सोलु, संखुवासभा, पानीटार इलाम, अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, र मुन्धुम सर्किटलगायत कोशी प्रदेशका गन्तव्यमा आधारित पर्यटन परियोजना प्रस्ताव तयार गरेका छन्।

शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले प्रतिस्पर्धी टिमहरूले स्थलगत अध्ययनपछि परियोजनाको कन्सेप्ट पेपर, थ्रीडी मोडल, प्रजेन्टेशन र डमी तयार गरेको जानकारी दिइन्।

सो मोडलहरू आगामी जेठ ९ देखि ११ गतेसम्म काठमाडौँको सोह्रखुट्टेस्थित होटल जी रामायणामा प्रदर्शनी गरिनेछ।

धरानमा आयोजित डेमो कार्यक्रममा एक्मी कोस्टर, रुरल रिड्ज विल्डर्स र केटुपिए टिमले आ–आफ्ना परियोजना प्रस्तुत गरेका थिए।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिक सोच विकास गर्न, लगानीकर्तासँग जोडिन तथा व्यवहारिक अभ्यास गर्न प्रेरणा मिलेको सहभागीहरूको भनाइ छ।

एलिसन हस्पिटालिटीका निर्देशक सगुन थापा मगरले प्रतियोगिताको उद्देश्य दिगो पर्यटन संरचना विकास, स्थानीय सम्पदा संरक्षण, र युवाहरूको नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्नु रहेको बताए।

साथै, प्रदर्शनीमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायी, एनआरएन, पर्यटन बोर्ड, लगानी बोर्ड, बित्तीय संस्था लगायतको सहभागिता गराइने जानकारी दिए।

फाइनल राउण्डमा ७ सदस्यीय विज्ञ निर्णायक समितिले मूल्याङ्कन गरी उत्कृष्ट टिम घोषणा गरिनेछ। प्रथम हुने टिमलाई रु. १ लाख, द्वितीयलाई रु. ५० हजार, तृतीयलाई रु. २५ हजार, र सबै सहभागी टिमलाई रु. १० हजारसहित प्रमाणपत्र र आकर्षक गिफ्ट प्रदान गरिनेछ।

प्रदर्शनीपछि यी परियोजनाहरू कोशी प्रदेशमै समेत सोकेस गरिने आयोजकले जनाएको छ, जसबाट विद्यार्थीहरूलाई थप एक्सपोजर र ऊर्जा मिल्ने विश्वास गरिएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved