स्थानीय

    Showing 1,521-1,530 of 5,049 items.
  • झापामा अन्दाजी ३५–४० वर्षका पुरुषको शव झाडीमा फेला

    झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउको झाडीमा एक अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको छ। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक पहाडी मूलका जस्तो देखिने भए पनि उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।    

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "सवै प्रकारका विभेद र जातीय छुवाछुतको बिसयमा हातेमालो गरौ" 

     शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम आज जेठ ३० गते काठमान्डौको पुतलीसडक नजिकै कमलादी स्थित रास्ट्रीय प्रज्ञा प्रतिस्ठानको सिद्दीचरण सभाहलमा सम्पन्न भएको छ।     आज देखि देशै भरीका दलित अभियान्ताको आन्तरिक रुपमा  सवै खाले सहयोगमा एकता गरेर बिगत ६ महिना बढी समय देखिको अभ्यासले आयोजित सो सम्मेलनलाई ऐतिहासिक रास्ट्रीय दलित गोल मेच सम्मेलन भनी आयोजनाको औचित्य पुष्टि गर्दै सम्मेलन आयोजक समितिका प्रमुख डा निर्मल बिस्वकर्माले जातिय छुवाछुत बिरुद्धमा काम गर्ने देशै भरिका १ सय २५ बढी सङ्घ सस्था

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 1,065 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वृक्षारोपण गर्दै महुली लघुवित्तको १३औं स्थापना दिवस मनाइयो

    वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं स्थापना तथा वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार वराहक्षेत्र नगरपालिका–३ स्थित मिलनचोकको कोभिड सामुदायिक भवन परिसरमा बाङ्गे बजार र चतरा शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन्। ‘सन्ततीका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने मूल नारासहित देशभर एकैसाथ मनाइँदै गरेको उत्सव अन्तर्गत वराहक्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन वडा नं ३ का अध्यक्ष राजदिप लामा तामाङले बिरुवा रोपेर गरेका थिए। सो अवसरमा अस्थायी प्रहरी चौकी नडाहका प्रम

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमजालमा फसाएर सुनचाँदी व्यवसायीबाट रकम असुल्न खोज्ने तीन जना पक्राउ

    इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई प्रेमजालमा फसाउँदै रकम असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी हरि बस्नेतका अनुसार, पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभसम्बन्धी कसुरमा सात दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ

    ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित सिन्धुलीको

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 835 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तीन दिने फुड फेस्टिवल : परिकार, लाइभ म्युजिक, गेम्स,आदि

    धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ। जेठ २९ देखि ३१ गतेसम्म चल्ने  तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो।   विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।” फेस्टिव

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशैभर सुनचाँदी व्यवसाय ठप्प,किन ठप्प भए त ?

    धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल नै बन्द गरेर सडक अन्दोलनमा उत्रिएका छन् । झण्डै २३ हजारको हाराहारीमा रहेका व्यवसायीहरु विहीबारदेखि शुत्रबार सम्म दुई दिन सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य मार्फत सुनमा २ प्रतिशत विलासिता कर र पत्थरजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा आन्दोलित भएका हुन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ कोशी प्रदेशका महासचिव प्रेम लकान्द्रीका अनुसार सरकारले सुन जुन मानिस जन्मेदेखि मृत्यु पर्यन्त सम्म चाहिने अति आवस्यक वस्तु सुनलाई विलासिताको भनेर थप २ प्रतिशत कर लगाउनु भनेको आम उपभोक्ता नै मार पर्ने भएकाल

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्रिज इन्टरनेशनल कन्सलटेन्सि द्वारा धरानका ६ युवा सम्मानित

    धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली लाइनले विभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याएका धरानका छ जना युवालाई विशेष सम्मान गरेको छ। स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर बिहीबार आयोजित समारोहमा व्रिजले बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, फुटबलको ग्रासरुट स्तरमा काम गरिरहेका फेयर फुटबल एकेडेमीका संचालक तथा प्रशिक्षक अमृत राई, जोन एण्ड लोकल ब्यान्डका गिटारिस्ट श्रीहाङ राई 'स्टिभ', उदयीमान गायक छिरिङ तामाङ, कागज प्रोडक्सनका सिनेमेटोग्राफर अनिस थेबे र निर्देशक अर्सु श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको हो। सम्मान व्रिजका डाइरेक्टर निर्णय निरौलाले प्रदान गर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा भुमीपथ क्षेत्रबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोली त्यहाँ पुग्दा ३४ वर्षीय रोहित विष्टले THC GATSBY लेखिएको प्लाष्टिकको बट्टा फालेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले उक्त बट्टा खोली हेर्दा कालो प्लास्टिकमा बेरी स-साना १८ वटा बुलेटजस्तै पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जनाएको छ। तौल जाँच गर्दा लागू औषधको परिमाण १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको पाइएको हो। हाल उ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 2,867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषकलाई मेसिनदेखि मलबीउसम्म : भद्रपुर नगरपालिकाको करोडौंको प्रोत्साहन

    झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधुनिक कृषि यन्त्र, बीउ, मल, विषादी र नगद प्रोत्साहनसहित करोडौं रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ। नगरले कृषकहरूको उत्पादन क्षमता बढाउने र परम्परागत खेती प्रणालीलाई यान्त्रिकरणतर्फ लैजाने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो। नगरपालिकाले हालै भद्रपुर–९ स्थित एनएमसी एग्रो फार्म र भद्रपुर–१ स्थित पुष्पाञ्जली महिला कृषि सहकारी संस्थालाई चार चक्के राइस ट्रान्सप्लान्टर (धान रोप्ने मेसिन) प्रदान गरेको छ। त्यस्तै, छ–छ हजार थान सिड ट्रे वितरण गरिएको छ भने एनएमसी एग्रो फार्मले प्याडी सिडर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved