धरानबाट अटोमा ब्राउन सुगर लिएर ईनरुवा जादै गर्दा तीनजना पक्राउ

  • साउन ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ईनरुवा/सुनसरीको ईनरुवामा धरानबाट लागुऔषध लिएर जादै गरेका तीन जना पक्राउ परेका छन्। मिति २०८२ साउन ८ गते दिउँसो ३:३० बजेको समयमा ईनरुवा नगरपालिका–४ बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चिरौलिचोकबाट ईनरुवा आउँदै गरेको को.१ ह. ८९८८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटो चालक धरान–८ निवासी २८ वर्षीय निलन लिम्बु र सवार धरान–६ का १७ वर्षीय कुलबहादुर लिम्बु तथा २४ वर्षीय युवराज लिम्बु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कुलबहादुर लिम्बुको साथबाट ब्राउन सुगर ३.८६ ग्राम लागूऔषध फेला परेको छ। लागूऔषधसहित अटो समेत नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved