सुनसरीमा प्रहरी देख्नासाथ ६० किलो गाँजा फालेर मोटरसाइकलमै भागे तस्कर

  • साउन १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करले ठूलो परिमाणको गाँजा फालेर मोटरसाइकलमै भागेका छन्।

मिति २०८२ साउन ९ गते राति ९:०० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित खत्वे टोल नहर नजिक लागू औषध ओसारपसार भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट टोली खटिएको थियो।

चेकजाँचको क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले प्रहरी टोली देख्नेबित्तिकै पछाडि बोकेको २ वटा सेतो बोरा फालेर तीव्र गतिमा फरार भएको प्रहरीले जनाएको छ।

उक्त बोराहरू खोली जाँच गर्दा एक बोरामा रातो प्लास्टिकले बेरेका ३ पोका र अर्को बोरामा सेतो प्लास्टिकमा खुला अवस्थामा गाँजा  लागू औषध फेला परेको थियो। बरामद पदार्थको तौल करिब ६० केजी रहेको प्रहरीको भनाइ छ।

बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ भने फरार मोटरसाइकल र चालकको खोजी कार्य तीव्र बनाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved