अनुप तामाङले चुमे डिएफसी मेन्स फिजिक्सको उपाधि

  • साउन ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt बिकास चाम्लिङ राई

धरान/धरान फिटनेस क्लबको आयोजनामा शुक्रबार सम्पन्न डिएफसी मेन्स फिजिक्स च्याम्पियनसिप २०२५ को उपाधि अनुप तामाङले जितेका छन्। उनले शीर्ष स्थान हात पार्दै नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा विश्व लिम्बु दोस्रो र हितेस मगर तेस्रो स्थानमा रहे। दोस्रो स्थान हासिल गरेका लिम्बुले नगद १५ हजार रुपैयाँ तथा तेस्रो भएका मगरले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

धरान फिटनेस क्लबले आफ्नै हलमा आयोजना गरेको प्रतियोगितामा ११ जना खेलाडी सहभागी थिए। क्लबका संचालक तथा प्रशिक्षक कविरभगत प्रधानाङ्गका अनुसार क्लवले हरेक वर्ष आफ्ना सदस्यहरूबीच विभिन्न विद्यामा प्रतिष्पर्धा गराउँदै आइरहेको छ, जसबाट खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना र अनुभव दुबै वृद्धि हुन्छ।

प्रतियोगिताको पहिलो चरणबाट ६ जना खेलाडी—अनुप तामाङ, विश्वास राई, हितेस मगर, सविन खनाल, आयुष कार्की र पदम लिम्बु—फाइनल चरणमा प्रवेश गरेका थिए। निर्णायकहरूले तीमध्येबाट उत्कृष्ट तीनलाई विजेता घोषणा गरेका हुन्।

अन्य फाइनल खेलाडीहरूलाई डिएफसी क्लबले मेडल, प्रमाणपत्र र तीन महिनाको निःशुल्क जिम सेवा कुपन प्रदान गरेको थियो। निर्णायकको भूमिकामा नविनराज प्रधान, ईश्वर उदास र सिता राई श्रेष्ठ रहेका थिए।

विजेता तथा उपविजेताहरुलाई अन्तर्राष्ट्रिय उपाधि प्राप्त मेन्स फिजिक्स च्याम्पियन अवतार श्रेष्ठ, क्लब संचालक कविर भगत, शारीरिक सुगठन संघका केन्द्रीय सदस्य विक्रम लिम्बु, कोशी प्रदेश अध्यक्ष केशव श्रेष्ठ, धरान उपमहानगर कार्यपालिका सदस्य विकास भाटी लगायतले पुरस्कार वितरण गरेका थिए।

धरान–७ का वडा अध्यक्ष जीवन सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम युवा संघ नेपालका केन्द्रीय सदस्य दिवस राई, डिजे ललितसहित २०० भन्दा बढी दर्शकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved