ट्याटु बनाउने निहुँमा नशाको व्यापार, धरानबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

  • साउन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित ट्याटु हाउसको आडमा लुकेर सञ्चालन गरिएको लागू औषध कारोबार प्रहरीले भण्डाफोर गरेको छ।

विशेष सूचनाका आधारमा आईतवार  साँझ ७:३५ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मारेको हो।

धरान–१५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको सो ट्याटु हाउसमा खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ६८० मिलिग्राम पदार्थ, Tramadol १०५४ चक्का, Calero ९८५ चक्का र Decolmin ३४ चक्का बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट योजन राईसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा योजन राई (३७, धरान–१५), दिपेन मगर (२७), जगत मगर (२१), कृष्ण राई (३३), सुरज कार्की (३२), सोमत राई (२४, धरान–८) र असिम राई (१९) रहेका छन्।

उनीहरूमाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved