बस्ती हटाएर पार्क बनाउने ? धरान उपमहानगरको निर्णयविरुद्ध सुन्दरबस्तीका सुकुम्बासी सडकमा

  • साउन ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–५ स्थित सुन्दरबस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन बासिन्दाहरूले उपमहानगरपालिकाले ल्याएको बहुसाँस्कृतिक पार्क निर्माण योजनाविरुद्ध चर्को विरोध जनाएका छन्।

वैकल्पिक व्यवस्था विना बस्ती उठाउने प्रयास गरिएको भन्दै उनीहरूले शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी आक्रोश व्यक्त गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बसोबास बस्ती संरक्षण समाजका सुनसरी अध्यक्ष थामसेर लिम्बुले धरान उपमहानगरपालिकाले २०६४ सालदेखि बसोबास गर्दै आएका १०५ परिवारलाई विस्थापित बनाउने गरी योजना अघि बढाएको जानकारी दिए।

“अदालतमा मुद्दा विचाराधीन छ, फैसला आइसकेको छैन, यस्तो अवस्थामा जबर्जस्ती घरबास खोस्ने प्रयास संविधान र मानवअधिकारको उल्लंघन हो,” उनले भने।

उक्त बस्तीमा ४५ घरधुरीले १२० फुट जग्गामा घर निर्माण गरेका छन्। स्थानीयबासीका अनुसार ६२ फुट क्षेत्र नगरपालिकालाई बहुसाँस्कृतिक पार्कका लागि दिने सहमति पहिले नै भएको थियो। तर, अहिले पूरै बस्ती उठाउने नियत देखिएको उनीहरूको गुनासो छ।

स्थानीय बासिन्दा दिलकुमारी लिम्बु, जितबहादुर लिम्बु, रमेश राई, भिममाया देवान, महज्योति लिम्बुलगायतले आफूहरूलाई न्याय दिलाउन आग्रह गरेका छन्। “धरान उपमहानगरपालिकाले २०६४ सालमै घर बनाउन अनुमति दिएको थियो।

पानी, बत्तीको सिफारिस पनि नगरपालिकाबाटै भएको थियो,” उनीहरूले बताए।

पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरी घेराबाराको काम थालिसकेपछि स्थानीयहरू अझ बढी चिन्तित बनेका छन्।

उनीहरूले वैकल्पिक व्यवस्था विना बस्ती हटाउन खोजिए आफूहरू सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved