स्थानीय

    Showing 131-140 of 3,330 items.
  • धरानको भानुचौकमा यातायात मजदुरहरुसंग सडक सम्बाद

    धरान/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले यातायात मजदुरहरुसंग सडक सम्बाद गरेको छ ।  मंगलबार र बुधबार विहान र साँझको समय भानुचोक बसपार्कमा मजदुरहरुलाई भेटेर सम्बाद संगसंगै ८१ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यता वितरण गरिएको छ । मजदुरहरुले सडकमा सामना गर्नुपर्ने समस्याहरु, व्यवसायजन्य स्वास्थ्य, पेशागत संकटहरुका बारेमा सम्बाद गरिएको हो । सम्बादमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरानका पूर्व अध्यक्ष कमल भट्टराई, धरान नगर अध्यक्ष किरण थापा लगायतका नेताहरु संलग्न रहेका थिए । 

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 246 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी मन्टेश्वरीको १२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    धरान/ धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्थानिय याख्खा भवनमा सम्पन्न उक्त समारोह सेन्टरका अध्यक्ष ज्ञानदीप लिम्बुको अध्यक्षतामा र धरान १६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहको अवसरमा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य र गीतमार्फत सांस्कृतिक प्रस्तुति दिएका थिए भने नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शनी

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेह्रथुमको तीनजुरेबाट सुरु भयो कोशी प्रदेश पर्यटन वर्ष २०८२

    सुनसरी/ कोशी प्रदेशको पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत "पर्यटन वर्ष २०८२" को औपचारिक शुभारम्भ बुधबार तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रको आरआर गार्डेनमा सम्पन्न भयो। शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विशेष उपस्थितिमा उद्घाटन गर्दै पर्यटनले स्थानीय अर्थतन्त्र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। सिंहले कोशी प्रदेशका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्धिको बाटोमा जग हाल्नुपर्नेमा जोड दिनुभयो। तीनजुरे क्षेत्रलाई विशेष महत्व दिँदै आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालन, सेवाग्राहीलाई नयाँ सुविधा थप

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्रको शुभारम्भ गरेको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गरे। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा सुरु गरिएको उक्त केन्द्रले स्थानियवासीलाई गुणस्तरीय आँखाको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोह नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, उप–

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'आरा धरान' इतिहास बोल्ने नयाँ पर्यटकीय गन्तव्य

     सुनसरी/  धरानको पहिचान झल्काउने नयाँ संरचना"आरा धरान" ले अहिले पर्यटकहरूलाई तान्न थालेको छ। मेयर हर्क साम्पाङको अगुवाइमा धरान–१३ र २० वडाको संगमस्थल सर्दु जलाधार क्षेत्र (पूर्वको ओसो पार्क) मा निर्माण गरिएको श्रमसंस्कृति पार्क अहिले चर्चामा छ। पार्कभित्र इतिहास बोकेको ‘आरा धरान’ स्तम्भ, दिदीबहिनी पार्क र श्रमसंस्कृति झल्काउने संरचनाले सबैको ध्यान खिचेको छ। विशेष गरी “धरान” नामको उत्पत्तिबारे जानकारी नहुने धेरैका लागि यो पार्क एउटा पाठशालासरह बनेको छ। कलाकार रोजन राईका अनुसार—“घना जंगल फडानी गरेर काठ चिर्ने आरावालाहरुले बनाएको &lsquo

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 316 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक राष्ट्रियस्तरको ‘धरान फाइट नाइट २०२५’ हुने

    धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो। धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो। बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्। प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश अन्तर्गत धरान, धन

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजा सहित दुई महिला पक्राउ

    धनकुटा/ धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया ईन्दिरा राई रहेका छन् ।इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले आज बिहान १०ः३० बजे सांगुरीगढी ६ भेडेटारमा अखुवादेखि धरान जाँदैगरेको प्र१–०२–००१ ख ८५२९ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीको झोलामा १० किलो लागुऔषध गांजा फेला परेपछि निजलाई गाँजासहित नियन्त्रणमा लिइएको हो । त्यसैगरि सोही ठाउँमा चेकिङ्गकै क्रममा मगलबार ११ः२० बजे अखुवादेखि धरान जाँदै गरेको प्र१–०२–००२ ज ४३३

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 5,942 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ वर्ष २०८२ को अवसरमा नेपाली कांग्रेसले स्ववियु र नेपाल तरुण दलका पदाधिकारीलाई गर्‍यो सम्मान

    वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विजयी भएका नेपाल विद्यार्थी संघका पदाधिकारी र नेपाल तरुण दल वराहक्षेत्र नगर कार्यसमितिका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ। मङ्गलवार चक्रघट्टिस्थित दुर्गाकाली मन्दिरको सभाहलमा आयोजित उक्त सम्मान समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री र प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथि थिए। कार्यक्रमको आरम्भ नेपाली कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा भएको थियो। स्ववियु निर्वाचनम

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

    झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग्न सात जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परेका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा झापा प्रहरीले गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश भन्ने उमेश परियारलाई उनकै घरबाट २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, गौरादह–२ का २४ वर्षीय आर्थिकज भारतीलाई पनि उक्त कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो। त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय के कुमार मगरलाई २।६

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा, भोलि तीनजुरेबाट सुरु हुँदै

    विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि चैत्र २७ गते, तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ हुने भएको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। पर्यटन वर्ष सञ्चालनको मुख्य उद्देश्य कोशी प्रदेशको पर्यटन प्रवर्धन, आर्थिक समृद्धि र पूर्वाधार विकासलाई तीव्र बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, “प्राकृ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 229 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved