बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए ।
वक्तृत्वकला प्रतियोगितामा मुनमिन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रेरणा जैसवाल प्रथम भएकी छन्। त्यस्तै मोहन माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत प्राकृतिक यादव द्वितीय र जिवम ज्योति इङ्लिस स्कुलमा अध्ययरत सुमेना साहु तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम बनेकि प्रेरणा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामामा छनोट समेत भएकि छिन् ।
प्रथम हुने प्रेरणा जैसवालले नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र तथा मेडल प्राप्त गरेकि छिन । त्यस्तै द्वितीय हुने प्राकृतिक यादवले ३ हजार रुपैयाँ र तृतीय हुने सुमेना साहुले २ हजार रुपैयाँसहित प्रमाणपत्र तथा मेडल प्रप्त गरेकि छिन् ।
बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्राध्यापक मदनराज भण्डारी, विशिष्ट अतिथि प्रल्हाद लगायतले पुरस्कार बितरण गरेका थिए ।
विद्यार्थीहरूमा संविधान र संघीयताबारे जानकारी अभिवृद्धि गर्नुका साथै उनीहरूको वक्तृत्वकला तथा प्रस्तुतीकरण क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख उत्तम भारतीले बताए। उनले विद्यार्थीको प्रतिभा विकास र क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।