धरान/ लागूऔषध मुद्दामा अदालतबाट एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका एक युवकलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान १०ः४० बजे धरान उपमहानगरपालिका–१३ स्थित उनको घरकोठाबाट २५ वर्षीय रुस्तम राईलाई ब्राउन सुगर १.७० ग्राम पदार्थसहित पक्राउ गरेको हो।
राईविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८२ पुस २३ गते लागूऔषध मुद्दामा एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका राईलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।