मनोरञ्जन

    Showing 1-10 of 526 items.
  • नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै महिलासँग करिब १० लाख असुलेको आरोप, २३ वर्षीय युवक पक्राउ

    काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्र

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • 233 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाट्यकर्मी महासंघद्वारा प्रज्ञा प्रतिष्ठानमा ज्ञापनपत्र

    काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत हित तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन माग गर्दै प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्न, प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद तथा समन्वयको संयन्त्र निर्माण गर्न र रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणम

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुकमा प्राविधिक समस्या

    काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगि

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित दुई पक्राउ

    धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागाल्यान्डमा नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्दै धरानको लोटस स्कुल

    धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र

    • प्रकाशित मितिः असार २५, २०८३
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा कोशी प्रदेशकै बहुआयामिक पर्यटन केन्द्र बन्दै

    सुनसरी/  सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को

    • प्रकाशित मितिः असार १६, २०८३
    • 1,005 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नास्ट कलेज धरानद्वारा कक्षा ११ का वद्यिार्थीलाई अभमिुखीकरण सम्पन्न

    धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु। यस कलेजबाट अध्ययन गरेका वद्यिार

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'ब्रेन ब्याटल' सिजन- १ भब्यरुपमा सम्पन्न

    धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।  प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गर्मी बढेसँगै भेडेटारमा पर्यटकको घुइँचो

    धरान/  सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् । केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् । कोरोना संक्रमणपछि लामो समय सुनसान बनेको यो क्षेत्र अहिले फेरि पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तराईको प्रचण्ड गर्मीका समयमा पनि यस ठाउँमा चिसो वातावरणमा पर्यटक रमाउन पाउँछन् । छिनमा घाम लाग्ने र छिनमा बादलल

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 901 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सम्पन्न एसईई आइडलका तीन विजेताले पाए जनही १ लाख रुपैयाँ

    धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडलको उपाधि जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।  आइतबार एक कार्यक्रमको आयोजना गरी बिजेता, उप–बिजेताहरूलाई नगद पुरस्कार वितरण गरिएको इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले जानकारी दिए । आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिले गएको जेठ ७ गते फाइनल प्रतियोगिता आयोजना भएको र सो प्रतियोगितामा बिजेता उपबिजेतालाई नगद पुरस्कार दिइएको आयोजक संस्थाका अध्यक्ष एवम् प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए । गायन, नृत्य र बक्तृत्वकला प्रतियोगितामा भाग लिएर बिजेता बन्ने तीनजना विद्यार्थीलाई नगद एक ल

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved