गर्मी बढेसँगै भेडेटारमा पर्यटकको घुइँचो

  • जेठ २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् ।

केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् ।

कोरोना संक्रमणपछि लामो समय सुनसान बनेको यो क्षेत्र अहिले फेरि पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तराईको प्रचण्ड गर्मीका समयमा पनि यस ठाउँमा चिसो वातावरणमा पर्यटक रमाउन पाउँछन् ।

छिनमा घाम लाग्ने र छिनमा बादलले ढाक्ने यसको विशेषता भएकै कारण नजिकको दूरीमा प्रकृतिले दिएको अनुपम उपहारमा रम्न र यस टाउका पर्यटकीय गन्तव्य स्थलमा घुम्नक लागि नेपाल लगायत भारतबाट पर्यटतक आउन थालेका हुन् ।

यहाँ नेपालका विभिन्न स्थानसहित भारतको बिहार राज्यका फारबिसगञ्ज, पूर्णिया, कटिहार, हर्दिया लगायतका क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक भेडेटार पुग्ने गरेका छन् । विशेष गरी भारतमा शनिवार र आइतबार दुई दिन विदा हुने भएकोले पनि यी दुई दिन त थामीनसक्नु भीड हुने गरेको छ ।

विराटनगरको प्रचण्ड गर्मी छल्न र भेडेटारको वातावरणसँग रम्नकै लागि भेडेटार पुग्नु भएका आशिष गुरागाईले छोटो दूरीमा गर्मी छल्ने उपयुक्त स्थान भएको बताउनुभयो । तराईमा प्रचण्ड गर्मी हुनासाथ तराइबासीको पहिलो रोजाइ भेडेटार नै हुने गरेको छ ।

यहाँको मौसम, हरियाली र शान्त वातावरणले बारम्बार आउन मन लाग्ने पर्यटकहरु बताउँछन् ।

साँगुरीगढी गाउँपालिकाले समेत यस क्षेत्रलाई साहसिक तथा ग्रामीण पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।

गाउँपालिकाले भेडेटार–साँगुरी गढी क्षेत्रलाई पदमार्गमार्फत जोड्ने, बीच-बीचमा होमस्टे विकास गर्ने र स्थानीय संस्कृति तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजनालाई अगाडि बढाएकै कारण यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि भएको हो ।

भेडेटार पुग्ने पर्यटकले साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेव मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, शैलुङडाँडा, थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा तथा अजङ्गको वरको रुखजस्ता आकर्षक स्थलको अवलोकन गर्ने गरेका छन् भने पछिल्लो समय उनीहरुले स्काइवाक सञ्चालनमा आएपछि त्यसको समेत भरपुर मनोरञ्जन लिने गरेका छन ।

पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, स्थानीय संस्कृतिको आत्मीयता र चिसो मौसमको सम्मिश्रणले भेडेटार आउने पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेशले समेत भेडेटारलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको सूचिमा राखेको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved