सुनसरी / प्याब्सन प्रेसिडन्ट रनिङ कप फुटबलको उपाधी मोरङको जुपिटर इंगलिस बोर्डिङ स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को आयोजनामा इटहरीमा शनिबार सम्पन्न फाइनलमा जुपिटरले सुनसरीको महेन्द्र मेमोरियल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । जुपिटरलाई उपाधी जिताउन शिव राईले निर्णायक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच जुपिटरका दिपेश चौधरी भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जुपिटरकै शिव राई घोषित भए । महेन्द्र मेमोरियलका आशिस भगत हाईस्कोरर भए । बिजेता जुपिटरले नगद २१ हजार सहित रनिङ ट्रफी हात पारेको छ । उपविजेता महेन्द्रले नगद १
धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन । मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८
धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा खेलकुदको गतिविधिलाईलाई चलायमान बनाउँन सबै लाग्नुपर्ने बताएका छन् । उनले यसका लागि नगरमा खेलकुद गतिविधि बढाउन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मेयर तामाङले गतिविधिलाई बढाउन विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । मेयर तामाङले खेलकुद विकासले मात्र समग्र नगरपालिकाको विकास हुने बताउँदै खेलकुदका गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने बताए । उनले भने–‘खेलको गतिविधिलाई बढाए मात्र खेल पर्यटनको सम्भावना हुन्छ, खेलकुद गत
दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इटहरी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक मेमोरी युवा क्लब सोनापुर सुनसरीलाई २–० गोल अन्तरले पछि पार्दै इटहरी फुटबल क्लब सुनसरी दोस्रो सोनापुरको गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको चार मिनेटमा इटहरीका खेलाडी समीर राईले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफकोे छैटौं मिनेटमा इटहरका समीर राईले थप १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराएका छन् । खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी समीर राई घोषित भए । उनलाई
दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले फाइनल यात्रा सुरक्षित गरेको छ । झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयको पहिलो हाफसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेछ । दोस्रो हाफको १७ औँ मिनेटमा झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । धिमालले गोल गरेको चार मिनेटपछ अर्थात् २१ औँ मिनेटमा डाँगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले एक गोल फर्कार आफ्नो टिमलाई बराबरीमा पुर्याए । त्यसपछि
मोरङ / विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कुलमा ‘ग्रेडेड स्पोट्र्स मिट २०७९’ सुरु भएको छ । स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । बुधबारसम्म सञ्चालन हुने स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोट्र्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यार्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्र
धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुर
दुहबी \ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले बसाहा ११ फुटबल क्लब उदयपुरलाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९ औं मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी राजेश लुंगेलिले एक गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका हुन् । दुवै तर्फबाट आक्रमक खेल भएपनि निर्धारित समय सम्म बसाहा फुटबल क्लब उदयपुरले गोल फर्काउन सकेको थिएन । खेलको म्यान अफ द म्याच इटहरी फुटबल क्लब सुनसरीका खेलाडी
धरान / नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन
धरान / धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।पत्रकार सम्मेलनम