‘अनुशासन नभएका व्यक्ति खेल क्षेत्रमा नबस्नुस्’

  • फागुन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनुपर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए ।

विराटनगरमा आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद लोलुपता नराखी उत्कृष्ट काम गर्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए । उनले भने ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाइरहन्छ ।’

छेलो खेलेर, घुयत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दा पनि हार्ने डर नेपाली खेलाडीमा रहेको बताए । खेलका गतिविधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त्य भएपछि नेपाल खेलकुद महासंघले गति लिएको उल्लेख गरे । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रित हुनुपर्ने बताए ।

खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए ।
‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारिने अभ्यासले मानिसलाई सफल बनाउने छ । सबैभन्दा ठुलो कुरा आफ्नो कामप्रति इमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताउँदै ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे ।

‘खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंङले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने उनको भनाई थियो ।
‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विस्वास नभएकोले भएको हो, ओली भन्छन्, सगमाथा चढ्न सँधै नेपाली नै अगाडी हुन्छ त ?’

खेलको इतिहास १५ हजार वर्ष पुरानो

नेकपा एमालेका अध्यक्ष ओलीले १५ हजार वर्षदेखि खेलकुदको इतिहास सुरु भएको बताएका छन् । १५ हजार वर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको इतिहास सुनाएका ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रुपमा तालिम दिएपछि घोड सवार शुरु भएको र त्यहीँदेखि खेलको सुरुवात भएको बताए ।

‘सत्य युग हुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार वर्षदेखि नयाँ खेलहरु विकास हुँदै आए, उनले भने, ७/८ हजार बर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाइन्छ ।’
उनले जीवनको लागि स्वीमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए ।

सिंह र हरिणको कथा सुनाएका एमाले अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नुपर्ने बताए ।

ओलीले राणा, राजा र महाराजा तानाशाहीहरुले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरुले आफैलाई कुस्ती सिकाउने गुरूलाई हत्या गरेका थिए, उनले भने, तानाशाहीले अन्त्य गरेको खेलकुदको गतिबिधि प्रजातन्त्र पछि सुरु भएको हो ।’

नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भब्य उत्सव विराटनगरमा शुरु भएको बताए । १० वर्षसम्म हुन नसकेको महाधिबेशनलाई भब्य रुपमा विराटनगरमा उद्घाटन भएको बताए ।

नेपाल खेलकुद महासंघको महाधिवेशनको बन्द सत्र आजैदेखि सुरु हुने जनाईएको छ । विराटनगरमा रहेको होटल मनास्लुमा बन्द सत्र सुरु हुने भनिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका प्रदेश इन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved