क्रिकेट खेलाडीलाई दुईलाख दिने घोषणा

  • फागुन १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं / आइसिसी विश्वकप लि–२ अन्तर्गत हालै भएको प्रतियोगिामा श्रृङ्खलाबद्ध जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले जनही दुई लाख दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हालै भएको त्रिदेशीय शृङ्खलाका विजेता खेलाडीलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
बिहीबार दिउँसो विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर प्रधानमन्त्रीले बधाई दिँदै पुरस्कारको घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’ उनले भने–‘पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन ।’

उनले अब खेल देशका लागि भएको बताए । खेल अर्थतन्त्रको उत्थानका लागि भएको बताउँदै राष्ट्रिय प्रतिष्ठासाथै कूटनीतिक उचाइका लागि पनि खेल आवश्यक भएको बताए । उनले भने–‘ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’

हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलामा नेपालले क्लीन स्वीप गरेको छ । नेपाली टोली अर्को साता यूएईमा हुने त्रिदेशीय शृङ्खलाका लागि फागुन १३ गते त्यसतर्फ प्रस्थान गर्दैछ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved