प्रदेश १ स्तरीय अन्तर कलेज बास्केटवल "दोस्रो दिन चार विद्यालय विजयी"

  • फागुन ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी बनेका छन् ।

शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८–४ अंकको फराकिलो अन्तरले पराजित गरेको थियो । यसैगरि पुरुष तर्फको खेलमा धरान सिटि कलेजले डिपो स्कुललाई २९–२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८–२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाइ ३८–१५ अंकले पराजित गरेको छ।

खेलमा मेघाका सितल तामाङ र निरुता राइले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसैगरि डिपोका रिदम राइले १३, इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका विजय शाहले ११ अंक जोडेका छन ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आइतबारको पहिलो खेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ। महिला तर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसार र धरान मेघा र पब्लिक हाइ स्कुलबीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved