खेलकुद

    Showing 291-300 of 512 items.
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 716 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • रामधुनी र शान्तिनगर फाइनलमा

    दुहबी / सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि दुई टिमको भेट पक्का भएको हो । सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रेश चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य तथा कोशीपत्र दैनिकका पत्रकार चन्दन रौनियारले

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 566 पटक पढिएको
    • " चन्दन रौनियार"
  • सत्यनारायण र सरस्वती स्कूल फाइनलमा प्रवेश

    मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कूल र सरस्वती स्कूल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल विहिबार हुने छ । पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 531 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुममा

    इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगित

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 519 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 648 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / सन् २०२० मा ढाका लिगबाट ‘बंगलादेश च्याम्पियनसिप लिग’ मा छनोट भएको काउरन बजार प्रगति संघ (केबिपिएस) बंगलादेश, एन्फा मोरङसँग ३– १ गोलअन्तरले पराजित भएको छ । धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकर पेनाल्टी सुटआउटमा केबिपिएस पराजित भएको हो । लगातार नेपालका दुई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा अन्तिम क्वाटर फाइनल खेलमा हार बेहोर्दै केबिपिएस घर फर्किएको छ । गत शनिबार प्रथम भद्रपुर झापा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा समेत अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली एपिएफसँग सडेन डेथमा पराज

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 544 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 456 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

     धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 575 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  वागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो । उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् । दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा ब

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 574 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विनायक र राइजिङ विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जसमा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल ख

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved