दोस्रो अल्फा विटा ओपन बास्केटवलको उद्धघाटन खेलमा व्रदस क्लव विजयी "विकास चाम्लिङ राई,"

  • वैशाख ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार देखि सुरु भएको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी सुरुवात गरेको छ ।

व्रदसले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेका छन ।

प्रतिश्पर्धात्मक भएको खेलमा व्रदस र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन व्रदसका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक जोडका थिए ।

यसैगरि सोहि दिन भएको अन्य खेलमा महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भए । युवा जागृतिले तरहरालाइ ३९–३ अंकको फराकिलो अन्तरले पराजित गरे ।

रेडडेभिल्सले इमोर्टल क्लवलाई २३–१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५–३० अंकको अन्तरले पराजित गरे । अत्यन्त्य प्रतिश्पर्धात्मक भएको खेलको निर्धारित समयमा आइएसएल र धरान मेघाले २९–२९ वरावरि अंक जोडे पछि खेल ओभर टाइममा गएको थियो ।

थप ५ मिनटको समयमा अइएसएल विजयी भए ।

यसै गरि पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६–१९ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ ।

प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको र पुरुष तर्फ नकआउटको आधारमा खेल संपन्न भइरहेको छ ।

प्रतियोगीतामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिमले सहभागिता जनाएको छ ।

पुरुष तर्फ आइएसएल नेपाल काठमाण्डौ ए र वि टिम, यलम्वर क्लव, तरहरा ए र वि टिम, जेविए झपा, युवा जागृति क्लव, व्रदस क्लव, धरान १३, होराइजन क्लव, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, मिराकल क्लव, इमोर्टल क्लव, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागिता जनाएको छ ।

महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लवले सहभागिता जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ ।

प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।

शनिवार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेशका माननिय विजयकुमार राईले क्यान्डलमा द्धिव प्रज्वलन गरेर गरेका थिए ।bbb

धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षक संपन्न कार्यक्रममा सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, , धरान उपमहानगरपाकिला पुर्व मेयर तिलक राई, युवा नेता तथा अग्रज पत्रकार भिमज्वाला राई, धरान १० न.वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई, धरान १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, २ न. वडाध्यक्ष रमेशकुमार राई, समाजसेवि पर्वत राई, सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, नेपाली कांगे्रस धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो

प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।

प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ ।

भोलिको खेल महिला तर्फ युवा जागृति र धरान मेघा, तरहरा र आइएस ए नेपाल र इमोर्टल र इलुजन झापा विच हुनेछ ।

पुरुष तर्फ धरान मेघा र इमोर्टल क्लव र हातिसार कलेज र जेविए झापा विच हुनेछ ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved