पानबारी गोल्डकपः सेमिफाइनल समिकरण पुरा

  • वैशाख २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो ।

अब सेमिफाइनलमा काठमाडौले २७ गते धनकुटाको सिसिआइसीसँग प्रतिष्पर्धा पक्का गरेको छ ।

यस अघि नै केएफसी मोरङ र नेपाल पुलिस क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यी दुई टोलीले भोली बुधबार पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

पानबारी फुटबल क्लबको आयोजनामा भइरहेको पानबारी गोल्डकप २९ बैशाखसम्म सञ्चालन हुनेछ ।

 

 

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved