पानबारी गोल्डकप : आज नेपाल पुलिस क्बल र आयोजक पानबारी फुटबल क्लबबीच प्रतिष्पर्धा "सिसिडिआइसी धनकुटा पानबारी गोल्डकपको सेमिफाइलनमा"

  • वैशाख २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा जारी पानबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 आइतबार भएको खेलमा सिसिडिआइसीले २–१ गोल अन्तरले योङ बोइज एफसी तरहरालाई पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गर्न सफल भएको हो । 

धनकुटाका लागि दोर्जे तामाङ र बुद्ध चेम्जोङले एक–एक गोल गरे भने तरहराकालागी सन्दिप लिम्बूले गोल गरेका थिए ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।WhatsApp Image 2024-05-05 at 19.11.42

दोस्रो हाफमा तरहराका डिफेन्सले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा धनकुटाका दोर्जे तामाङले गोल गरे । लगत्तै तरहराका सन्दिप लिम्बूले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको अन्तिम मिनेटमा धनकुटाका कप्तान बुद्ध चेम्जोङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टोलीलाई विजयी गराएका थिए ।

उनी खेलको म्यान अफ द म्याच घोषित हुदै नगद २ हजार १ सय प्राप्त गरे । WhatsApp Image 2024-05-05 at 19.11.43

 आज (मंगलबार ) नेपाल पुलिस क्बल र आयोजक पानबारी फुटबल क्लबबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

पानबारी फुटबल क्लबको आयोजनामा भइरहेको पानबारी गोल्डकप २९ बैशाखसम्म सञ्चालन हुनेछ ।

 

WhatsApp Image 2024-05-05 at 19.11.26

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved