बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

  • जेठ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान बास्केटवल संघले नवौ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई विहिवार बास्केटवल जर्सी प्रदान गरेको छ ।

धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प संपन्न भइरहेको छ ।

क्याम्पमा सहभागि ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो ।

उनिहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको हात वाट जर्सी हस्तान्तरण गरिएको थियो ।

सहभागि विद्यार्थीहरुलाई प्रदेशबा मूख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा राष्ट्रिय खेलाडि डा. आशा राई, आस्था राई, चिरन्जिवि गिरि, युगल लिम्वु, निवा लिम्वु, पारुहाङ चेम्जोङ र साहिल श्रेष्ठले प्रशिक्षण गराइरहेको छ ।

 वाह् वर्ष अघि देखि सुरुवात गरिएको नवौ क्याम्पमा एसइइ दिएर वसेका विद्यार्थी र बास्केटवल सिक्न चाहने विद्यार्थीहरुले सहभागिता जनाएको छ ।

बास्केटवल खेलाडि उत्पादन तथा व्यावसायीक रुपमा बिकास गर्नका लागि ट्यालेन्ट हन्टको अयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सवेदिले जानकारी गराए ।

क्याम्पमा सहभागि एसइइ दिएर वसेका उत्कृष्ट खेलाडिलाई संघले धरानको उत्कृष्ट कलेजमा छत्रवृतmका लागि सिफारिस गरि अवसर प्रदान गरिने सुवेदिले वताए ।20240606_095306

सुवेदिका अनुसार अहिले सम्म एक सय भन्दा वढि विद्यार्थीले संघको सिफारिसमा छात्रवृतmमा अध्यन गरिसकेको छ । कार्यक्रमका प्रमूख अतिथि मेयर हर्कराज राईले शिक्षा संगै अतिरिक्त क्रियाकलाप महत्वपुर्ण रहेको वताए ।

शिक्षा र खेलकुद अपरिहार्य रहेको उनले वताए । एकभारि कापिकिताव वोकाएर भन्दा पनि वालवालिकाको क्षमता र दक्षता हेरि त्यहि अनुरुप उनिहरुलाई शिक्षा दिइनु पर्ने शिक्षा निति प्रणली वन्नु पर्ने उनले वताए ।

टयालेन्ट हन्ट प्रशिक्षण क्याम्प असार पहिलो हप्ता सम्म चल्नेछ । 

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved