धरान /नेपाली कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको छ । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण प्रतियोगितामा नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ को टीमलाई ५–४ ले हराउंदै नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको हो । ६० मिनेट अवधि निर्धारण गरिएको खेलको पहिलो हाफको १५ औं मिनेटमा कांग्रेसका अर्जुन राईले पहिलो गोल गरेपनि २५औं मिनेटमा महासंघका धिरेन लिम्वुले १ गोल गरी वराबरीमा ल्याएका थिए । पहिलो हाफ बराबरीमा स
धरान/ नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएकाछन् । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् । उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएकाछन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन् । पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी
धरान/ धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ । नियमित रुपमा हरेक शनिवार धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि रनको पाच सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन । धरान रनले शनिवारको दौडलाई “ धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएका थिए । कलेजको तर्फ वाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो । यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान
विराटनगर / सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् । उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् । पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । बागमतीबाट खेलेकी जर्जिया
विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा
धरान/ बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला शास्कृतिक पार्कमा श्रमदान गरेका छन । उनिहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन । किरात राई यायोक्खा, सुनसरी द्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ । हरेक वर्ष किरातिहरुको महान चाड उधौलि र उभौलि मनाइने पार्कमा चिल्ड्ेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ । शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने क
विराटनगर/ प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जो
विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा बुधबारदेखि विराटनगरमा प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय हरेक क्षेत्रमा विराटनगर पछि पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विगतमा विराटनगरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरणसमेत गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि महानगरपालिका सधैं लागिपर्ने बताउनुभयो । मेयर कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जतिसुकै शक्तिशाली राष्ट्रल
धरान/ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन । बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन । सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर
धरान/ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबार देखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३ लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ । यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्या