१९ औ अम्वर ललित डिपो कप:शुक्रवार फाइनल बिकास चाम्लिङ राई

  • पुस १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ ।

वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याड्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए ।

उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।
यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल विकले १ गोल गारे । दिल्ली पव्लिकका तर्फ वाट रोहन लिम्वुले १ गोल फर्र्काएका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पव्लिकका रेवन राई घोषित भए ।

उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । डिपो र पुलिस स्कुलले उपाधिका लागि शुक्रवार प्रतिश्पर्धा गर्नेछ ।

उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दिलकुमार प्लेट च्याम्पियनमा आयोजक डिपो पहेलो र जलसाय स्कुल फाइनलमा

डिपो कपको पहिलो चरणमा पराजितहरुको प्रतियोगिता प्लेट च्याम्पियन तर्फ आयोजक डिपो स्कुल पहेलो र जलसाय स्कुल फाइनल पुगेका छन । वुधवार भएको सेमिफाइनल खेलमा डिपो पहेलोले आइडल स्कुललाई टाइव्रेकरमा ३–१ गोल गर्दै फाइनल पुगेका छन ।

निर्धारित समयमा डिपो पहेलो र आइडियल स्कुलले १–१ गोल गरेपछि खेल टाइव्रेकरमा गएको थियो ।

खेलमा डिपोका सेसेहाङ राई र आइडियलका रिकेश खत्रिले गोल गरेका थिए । टाइव्रेकरमा डिपोका साइमन पाख्रिन, निकेश विक र नवदिप राईले गरेका थिए भने आयडलका सन्जिव वास्तोलाले मात्र गोर्न सफल भएका थिए ।

यसैगरि दोस्रो सेमिफाइनल खेलमा जलसाय स्कुलले नोवेल एकेडेमिलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका हुन । खेलमा जलसायका तर्फ वाट दुवै गोल प्रनिश राईले गरेका थिए । नोवेल एकेडेमिका तर्फ वाट साहिल राईले १ गोल फर्काएका थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved