धरान फागुन १० गते कुद्ने (भिडियो सहित )

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउदो फागुनमा गर्ने भएको छ ।धरान रनले आगामी फागुन १० गते उक्त दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरान रनका अध्यक्ष रमु राईले मंगलबार धरान २ देशिलाईन स्थित होटेल नबयुगमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिता बारे जानकारी दिएका हुन । राईले वि.स. २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तिनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको साप्ताहिक दौड बाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको र सोहि प्रतियोगिताको नियमितता स्वरुप यस बर्षपनि गर्न लागेको बताए ।

उनले उक्त धरान रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरुको उल्लेखणीय रुपमा सहभागिता हुने जानकारी दिए । राईले धरानको भानुचोकबाट सुरु हुने उक्त दौड प्रतियोगिताको दुरी १० किमी रह्नेछ भने औसतमा ४ हजार जना भन्दा बढि धावकधाविकाहरुको सहभागीता हुने जनाइएको छ । 
उक्त रनको दौरान तेह्रौं संस्करणमा खेलकुदमय, जनचेतनामुलक कार्यक्रम सहित व्हील चेयर रेस पनि गरिनेछ भने दौड रुट अनुसार विहान ठिक ७ः३० बजे पुतली लाइन देखि दौड शुरु भई पुरानो बजार पिण्डेश्वर मन्दिर विजयपुर चौक हातिसार क्याम्पस रेडक्रस भवन कभर्ड हल जिरो प्वाइन्ट जानकी चोक धरान रंगशाला चौक गणेशमान चौक पानी टंकी देशीलाईन अमरहाट कल्याण मंगलबारे रत्न चोक बुद्धचोक दुर्गा चोक हुदै पुतली लाईन, भानुचौकमा आई समापन हुनेछ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकधाविकाहरु सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट संकलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरि सहयोग गर्दै आएको छ ।

प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९ बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा ४ लाखको अक्षय कोष खडा गरिएको थियो । दोस्रो नेवा च्यारेटी ८ कि मी रन २०७० बाट संमित दुव्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापि होमका लागि १ लाख ७७ हजार सहयोग गरिएको थियो। “तेस्रो नेवा च्यारेटी २०७१ बाट धरान पाजेंटिम समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि १ लाख ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै चौथो नेवा च्यारेटी २०७२ बाट विभिन्न ५ सस्था अनि विरामीको निम्ति २ लाख प्रदान गरिएको थियो त्यस्तै “पाची नेवा च्यारेटी रन २०७३ बाट उठेको रकम बाट २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिएको थियो ।

’धरान १० कि रन–छैठो नेवा च्यारेटी २०७४ भव्यरुपमा २५ सय धावकधाविकाको सहभागिता भइ नेपालकै ठूलो रन सम्पन्न भएको थियो। उक्त च्यारेटी रनबाट उठेको रकमबाट अक्षयकोषलाई ३ लाख ५० हजार थप गर्दै ६ लाख बनाएको अध्यक्ष राईले जानकारी दिएका छन । “धरान १० के रन सातौ नेवा च्यारेटी २०७५ शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाख को अक्षय कोष स्थापना गरिएको छ।
“धरान १० के रन–आठौं नेवा च्यारेटी २०७६ बाट उठेको रकम १ लाख ८२ हजार थप गरि कुल अक्षयकोष रकम ११ लाख ८२ हजारबाट आउने व्याजबाट सामुदायिक विद्यालयको २४ जना जेहेन्दार विपन्न विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिदै आएको छ।

“धरान १० के रन नवौं नेवा च्यारेटी २०७७“ मा कोरोना महामारीको कारणले सिमित धावकधाविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । यही अन्तगत विगतका सस्करणदेखि संकलित रकम नेवा एजुकेशन फण्ड १३ लाख बनाई अक्षय कोष स्थापना लाई निरन्तरता दिइएको छ भने एस पट्कको च्यारेटी रनबाट उठ्ने रकम शिक्षामा समर्पित गरि अक्षय कोष अझ बढाइ जेहेन्दार– विपन्न विद्यार्थीहरुको छात्रवृत्तिलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

धरान रन कार्यलय, भानुचोकबाट पनि दर्ता गर्न सकिनेछ त्यस्तै विधार्थीको समूहको लागि ४०० दर्ता शुल्क तोकिएको छ भने अन्य समूहका लागि माघ सम्म रु ५०० रहनेछ । र सोभन्दा पछि माघ २१ देखि माघ ३० गते सम्म ७ सय दर्ता शुल्क रहनुका साथै फागुन १ गते देखि पूर्णरुप दर्ता बन्द गरिने आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगितामा १६ देखि ३९ सम्म “इउभल“ समुहका खुल्ला दौड समुहमा प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष महिला धावकधाविकालाई जनही पुरस्कार राशी कमशः ६० हजार,४० हजार र ३० हजार प्रदान गरीनेछ ।
त्यस्तै १२ बर्ष मुनिका “ग्लमभच १२“ समुहका प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष ÷ महिला धावकधाविकालाई पुरस्कार राशी कमशः रु ७ हजार ५ हजार र ३ हजार प्रदान गरिनेछ ।

१२ देखि १५ सम्म वर्ष भित्रका “ग्लमभच १६“ समूहका प्रथम, दोखो, तेसो हुने पुरुष महिला पाचकधाविकालाई जनही पुरस्कार राशी कमश ७,५, र ३ हजार ४० वर्ष देखि ४९ सम्मको  समुहका नेटीन समूहमा मेट्रोन दौडमा पुरुष महिला प्रथम, दोश्रो तेथा हुने विजयी चावकधाविकालाई जनही पुरस्कार राशी कमशः १०,७,५ हजार ४९ वर्ष देखि ५९ सम्मको  मिड–भेट्रान समूहमा पुरुष महिला प्रावधाविकालाई प्रथम, दोस्रो र तेस्रो हुने विजयीलाई जनही पुरस्कार राशी ७,५ र ३ हजार दिईनेछ।

६० वर्ष देखि “क्गउभच ख्भतभचबल“ सुपर–मेट्रोन समुहमा पुरुष महिला प्रथम हुने विजयी धावकधाविकालाई पुरस्कार राशी ५ हजार दिईने छ भने धरानका स्थानिय जावकधाविकालाई प्रोत्साहन स्वरुप प्रथम हुने पुरुष महिलालाई आकर्षक पुरस्कार दिईने आयोजकले जनाएको छ ।

उक्त दौडमा सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइनुका साथै दौड पुरा गर्ने सम्पूर्ण धावकधाविकालाई आकर्षक मेडल, जूस आदि प्रदान गरिने आयोजकले जनाएको छ।यस च्यारेटी रन प्रतियोगितामा खेलकुद तथा समाजमा योगदान पुरÞ्याउने व्यक्तित्वलाई धरान रन समुहबाट कार्यक्रममा सम्मान गरिने भएको छ ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved