२५औँ बुढासुब्बा गोल्डकपको तयारी तीब्र धरानको खेलकुदलाई पर्यटनसँग जोड्न आग्रह

  • माघ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  खेलकुद मुलुकको समृद्धिमात्र हेन पर्यटन प्रवद्र्धनको आधार भए पनि यसतर्फ तीन तहकै सरकारको आँखा नपुगेको खेलाडी, खेलको प्रवद्र्धनमा लागेका तथा खेलप्रेमी महानुभावहरुले बताएका छन् ।

उनीहरुले खेलकुदको विकासमा लागेका क्लबहरुलाई सोचे जस्तो सहयोग नगरेको बताएका छन् ।

विगत २७ बर्षदेखि धरानमा अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकपको आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकप दुई बर्ष कोरोना संक्रमणले प्रभावित बनायो । मोफसलकै सबैभन्दा पुरानो गोल्डकपले राष्ट्रिय स्तरका धेरै खेलाडी उत्पादन गर्दै धरानमा मात्र हैन नेपालकै फुटबल खेलका जग बसाल्ने काम गरेको छ । तर सरकारी स्तरबाट भने सहयोग न्यून रहेको छ ।

खेलकुद पर्यटन प्रवद्र्धनको एउटा आधार भए पनि खेलकुदको विकासका लागि राज्यले यथेष्ट बजेट नछुट्याउने, सरकारी स्तरबाट सहयोग प्राप्त नहुने भएकोले खेलकुदलाई पर्यटनसँग जोडेर लानुपर्ने धरान फुटबल क्लबका महासचिव नविन राई बताउँछन् ।

धरान फुटबल क्लब गठन भए यता नै फुटबल खेललाई प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय स्तरको गोल्डकपको आयोजना गर्दै आएको धरान फुटबल क्लबलाई तीन तहका सरकारले सहयोग नगरे पनि प्रवासमा बसेका धरानेहरुले भने आर्थिक तथा प्राविधिक सहयोग पु¥याउदै आएका छन् ।

क्लबले आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकपलाई हङकङमा बसोबास गर्दै आएका धरानेहरुको संस्था धरान हङकङ मञ्चले निरन्तर सहयोग गर्दै आएको छ । आगामी माघ १९ देखि २६ गतेसम्म आयोजना हुन लागेको गोल्डकपको २५ औ संस्करणमा समेत मञ्चले सहयोग गर्ने भएको छ । मोफसलमा फुटबल खेलको इतिहासलाई जिवन्तता राख्न मञ्चले गोल्डकप निरन्तरताको लागि अक्षय कोष निर्माण गर्ने लक्ष्य लिएको धरान हङकङ मञ्चका पूर्व अध्यक्ष चन्द्र सिघक लिम्बु नानीले जानकारी दिए ।

जे जस्तो भएपनि यस बर्ष हुने १५ औ संस्करणलाई विगतका प्रतियोगिताभन्दा रोचक बनाउने तयारीमा क्लब लागेको छ । नेपालका ए डिडिजनका क्लबका खेलाडीसँगै भारत र भुटानका राम्रा खेलाडीले भरिपूर्ण दुई वटा टिमहरु समेत प्रतियोगितामा सहभागिता जनाउने भएका छन ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज सहित एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युकेएफसी (भारत), मच्छिन्द्र क्लब काठमण्डौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १५ हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५/२५ हजार नगद र ट्रफी प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न क्लबले १ करोड २ लाख २५ हजार आय हुने र ८० लाख १० हजार खर्च हुने अनुमानित बजेट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा क्लबको आम्दानीलाई थप मजबुत बनाउँदै फुटबल खेलको विकासमा लाग्ने लक्ष्य समेत क्लबले लिएको छ ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved