प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले ढाँट्यो,अहिले पुरस्कार रकम दिएन आयोजकलाई आय व्यव सार्वजनिक गर्न कठिनाई

  • पुस १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । गत बर्ष २०८१ सालको बैशाख  २२ गतेदेखि २९ गते सम्म धरान ६ पानवारीमा भएको प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले अझै सम्म आयोजकलाई दिन्छु भनेको रकम दिएको छैन ।

मुख्य प्रायोजक सहित अन्य केही सहयोगी दाताले आयोजकलाई झण्डै दुई लाख भन्दा बढी रकम वुझाएका छैनन् ।जस्ले गर्दा आयोजकले अहिले सम्म खेलको आय व्यय सार्वजनिक गर्न सकेको छैन । खेल भएको एक वर्ष वित्न लाग्दा पनि मुख्य प्रायोजक सहित वचन दिएका केही वचनदाताले उक्त रकम अहिले सम्म आयोजक पानबारी फुटवल क्लबलाई उपलव्ध नगराएको अध्यक्ष भुपाल राईले बताए ।

स्थानीयस्थरबाटै आर्थिक सहयोगबाट नै आयोजना गरिएको उक्त प्रतियोगितामा झण्डै १२ लाख भन्दा बढी खर्च भएको छ भने सहयोगी दाताबाट हाल सम्म १० लाख ६५ हजार तीन सय ९६ रुपैयाँ मात्रै आयोजकले हाल सम्म प्राप्त गरेको छ । तर वैशाख २९ गते सम्पन्न भएको प्रतियोगिताको विजेता र उप विजेता सहित पुरस्कार वितरण भने सोही समापन समारोह नै वितरण गरेको थियो ।

मुख्य प्रायोजकले बचन दिए अनुसार नै पत्रकार सम्मेलन गरि प्रथम पानबारी गोल्डकप आयोजना गरिएको थियो तर अहिले सम्म सहयोगी दाताहरुबाट वचन दिएको आर्थिक रकम प्राप्त नभएपछि कठिनाई भएको क्लवका कोषाध्यक्ष अनु थापा मगरले बताइन् । उनले भनिन्,हामीलाई खेल सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग प्राप्त भएको नै हो तर केही रकमहरु प्राप्त हुन सकेको छैन,जस्ले गर्दा अप्ठ्यारो भएको छ ।

क्लब अध्यक्ष भुपाल राईका अनुसार आयोजकलाई खेल सम्पन्न गर्दा नाफा नै भएको छ,घाटा तर्फ गएको छैन, हामीले खेलको विजेता र उप विजेतालाई नै पुरस्कारहरु समापनकै दिन वितरण सरसापट गरेर भएपनि गर्यौ तर अहिले सम्म मुख्य प्रायोजक सहित केही वचनदाताको सहयोग प्राप्त हुन सकेको छैन,उहाँहरु नियमित सम्पर्कमा नै हुनु हुन्छ,दिनु भएको छैन।आयोजकले छिट्टै पत्रकार सम्मेलन गरि नाम सर्वाजनिक गर्ने जनाएको छ ।

क्लका अध्यक्ष राईले खेल सम्पन्न गर्नको लागि सहयोग गर्ने सवैलाई हार्दिक आभार सहित धन्यवाद दिदैं वाँकी सहयोगी महानुभावहरुलाई यथासक्य वचन दिएको आर्थिक रकम उपलव्ध गराई सहयोग गरि दिन हुन अनुरोध समेत गरेका छन् । 

प्रतियोगीतामा जम्मा ८ टिमले सहभागीता जनाएका थिए भने गोल्डकपको उपाधि केराबारी फुटबल क्लब मोरङले जितेको थियो । फाइनल खेलमा चौबिसे सामुदायिक विकास सुचना केन्द्र धनकुटा (सि.सि.डि.आई.सि) लाई २–० गोलको अन्तरले पराजित गर्दै केराबारी फुटबल क्लब मोरङले उपाधि पार्न सफल वनेको थियो ।

प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख ११ हजार १११ रुपैयाँ सहित रनिङ कप, उपविजेताले नगद रु ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त पुरस्कार प्राप्त गरेको थियो भने विद्यातर्फ उत्कृष्ट खेलाडीले नगद ७ हजार, हाई स्कोररले ५ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ५ हजार रुपैयाँ प्रदान गरिएको हो । ।

यसैगरी उत्कृष्ट कोचले ५ हजार, म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्रदान गरिएको थियो ।यो वर्षको दोश्रो पानबारी गोल्डकपको तयारी पनि क्लवले शुरुवात गरेको छ । फागुनमा गोल्डपक गर्ने तयारी आयोजकको रहेको छ । क्लव दर्ता भएको अवसर पारेर वार्षिक उत्सव सहितको कार्यत्रझ गर्ने तयारी रहेको अध्यक्ष राईले बताए । पानबारी फुटबल क्लव धरानले धरानको उर्वर फुटवल भुमिमा थप इटा थप्ने काम गरेको छ ।

स्थापना भएको एक बर्ष नपुग्दै क्लवले नियमित रुपमा नेपाल भारतमा हुने प्रतियोगितामा समेत उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ भने क्लवले खेलाडीहरु उत्पादनको निम्ति नियमित खेल सहितको विभिन्न तालिमहरु सन्चालन गर्दै आएका छन् । भर्खरै मोरंगको केराबारीमा सम्पन्न भएको सतिसाले गोल्डकपमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको छ भने यही पौष २९ गतेदेखि तेश्रो मचिन्द्र गोल्डकपमा पनि प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ ।

यसअघि कोशी प्रदेश स्तरीय प्रतियोगिता धरान,इटहरी,धनकुटा लगायत भारतको दार्जिलिङ सम्म पनि क्लवका खेलाडीहरु उत्कृष्ट खेल प्रर्दशन गरि सकेका छन् । 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved