इटहरी ।कोशी प्रदेशमा पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’ हुने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सन्चालित प्रदेश खबर इटहरीले उक्त अवार्ड आयोजना गर्ने भएको हो । स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसरमा आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कार्यक्रमको भव्य आयोजना गरि अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष पवन अधिकारीले बताए ।के हो ‘कोशी एक्सिलेन्स अवार्ड’ ?उक्त अवार्ड १३ विधामा प्रदान गरिने भएको छ । अध्यक्ष अधिकारीका अनुसार शिक्षा,स्वास्थ्य,सञ्चार,साहित्य,पर्यटन,कृषि,कर्पोरेट,बैंिकङ,खेलकुद,सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त
धरान/ धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । बुधबार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरान
सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईट
धरान/ धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउदो फागुनमा गर्ने भएको छ ।धरान रनले आगामी फागुन १० गते उक्त दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । धरान रनका अध्यक्ष रमु राईले मंगलबार धरान २ देशिलाईन स्थित होटेल नबयुगमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिता बारे जानकारी दिएका हुन । राईले वि.स. २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तिनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको साप्ताहिक दौड बाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको र सोहि प
धरान/ माघ १९ गतेदेखि २६ गतेसम्म धरान १६ स्थित रंगशालामा हुने २५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट आयोजकले सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार यसपालीको प्रतियोगिष्तामा आठ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । उनका अनुसार भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् भने प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुनेछन् । २५ औं बुढासुब्बा गोल्डक
सुनसरी /काठमाडौं माभरिक्सले रोमाञ्चक जितसहित नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। तर, एक समय पोखरा कमब्याक गर्दै ६–८ को स्थितिमा फर्कियो। तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो। पोखरा खेलको १०औं मिनेट नबित्दै पहिलोपल्ट अलआउट भयो। र, पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठ
धरान/ खेलकुद मुलुकको समृद्धिमात्र हेन पर्यटन प्रवद्र्धनको आधार भए पनि यसतर्फ तीन तहकै सरकारको आँखा नपुगेको खेलाडी, खेलको प्रवद्र्धनमा लागेका तथा खेलप्रेमी महानुभावहरुले बताएका छन् । उनीहरुले खेलकुदको विकासमा लागेका क्लबहरुलाई सोचे जस्तो सहयोग नगरेको बताएका छन् । विगत २७ बर्षदेखि धरानमा अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकपको आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकप दुई बर्ष कोरोना संक्रमणले प्रभावित बनायो । मोफसलकै सबैभन्दा पुरानो गोल्डकपले राष्ट्रिय स्तरका धेरै खेलाडी उत्पादन गर्दै धरानमा मात्र हैन नेपालकै फुटबल खेलका जग बसाल्ने काम गरेको छ । तर सरकारी स्तरबाट भने सहयोग न्यून रहे
धरान/ डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ । वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याड्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल
धरान/डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।डिपो स्कुलले प्रभात स्कुललाई १–० र पुलिस स्कुलले समेत काम्रेल हाइ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हनु । खेलमा डिपो स्कुललका रिदम विक र पुलिस स्कुललका युगल विकेले गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका थिए । पहिलो र दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई र काम्रेल हाइ स्कुलका गोलकिपर नुयाङ राई घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति
धरान । गत बर्ष २०८१ सालको बैशाख २२ गतेदेखि २९ गते सम्म धरान ६ पानवारीमा भएको प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले अझै सम्म आयोजकलाई दिन्छु भनेको रकम दिएको छैन । मुख्य प्रायोजक सहित अन्य केही सहयोगी दाताले आयोजकलाई झण्डै दुई लाख भन्दा बढी रकम वुझाएका छैनन् ।जस्ले गर्दा आयोजकले अहिले सम्म खेलको आय व्यय सार्वजनिक गर्न सकेको छैन । खेल भएको एक वर्ष वित्न लाग्दा पनि मुख्य प्रायोजक सहित वचन दिएका केही वचनदाताले उक्त रकम अहिले सम्म आयोजक पानबारी फुटवल क्लबलाई उपलव्ध नगराएको अध्यक्ष भुपाल राईले बताए । स्थानीयस्थरबाटै आर्थिक सहयोगबाट नै आयोजना गरिएको उक्त प्रतियोगितामा झण्डै १२ लाख भन्दा बढी