धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चलिरहेको कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा आयोजक जिल्ला सुनसरी र इलामबीच उपाधि भिडन्त हुने भएको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई फराकिलो ६९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। खेलमा सुनसरीले प्रत्येक क्वाटरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बुले ट्रफी प्रदान गरे
धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुरले सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीवार सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। खेलमा धनकुटाले पहिलो क्वाटरमा १५–४, दोस्रोमा १३–३, तेस्रोमा १३–१३ र अन्तिम क्वाटरमा १४–४ अंक बटुलेको थियो। म्यान अफ द म्याच घोषित भएका धनकुटाका नविन राईलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे। अब धनकुटाले आयोजक जिल्ला सुनसरीसँग फाइनल प्
सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनामा विहिवार देखि डिपो स्कुलको वास्केटवल कोर्टमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता भव्य रुपमा सुरु भएको छ । कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्यसचिव कृष्ण वस्नेत पर्शुराम द्धारा पानसमा द्धिप प्रज्वलन गरेर सुरु भएको कोशि प्रदेश स्तरीय ओपन बास्केकटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला सुनसरी बास्केटवल टिम विजयी भएको छ । उद्घाटन खेलमा सुनसरीले मोरङ बास्केटवल टिमलाई ७४–३१ अंकको फराकिले अन्तरले पराजित गरेको छ । खेलमा सुनसरीले पहिलो, दोस्रो र चौथो क्वाटरमा क्रमशः
धरान/ धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरान उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा हुन लागेको हो । बुधबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबले प्रतियोगिता यही असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित रंगशालामा हुने जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष सागर घिमिरेका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा धरानलगायत विभिन्न क्षेत्रका ८ वटा महिला क्लब सहभागी हुनेछन् । सहभागी क्लबहरूमा अल स्टार फुटबल क्लब, धरान वुम
झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र नयाँ प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आगामी भदौ २७ र २८ गते झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। बडी ग्यारेज फिटनेस हाउसको आयोजनामा हुने प्रतियोगिताको घोषणा मंगलबार पत्रकार सम्मेलनमार्फत गरिएको हो। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन प्रिजजिङ (पूर्व मूल्यांकन) र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ। ‘A Place Where Great Shape Is an Authentic Passion’ भन्ने मूल नारासहित अघि बढिरहेको बडी ग्यारेजले अन्तर्राष्ट्रिय स्तरका उपकरण र
धरान/ धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेश का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउनेछन्। टिमले कोशी प्रदेश अन्तर्गतका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ भने बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि
धरान/ धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बि’ लेभलको उपाधि हात पारेका छन्। धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिबार र आइतबार धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा संयोग/सगुनको जोडीले फाइनल खेलमा हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता हिमाल–सुशीलले नगद २७ हजार प्राप्त गरे। प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्
काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स
काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना र हिमालयन चेस एकेडेमी (एचसीए) को व्यवस्थापनमा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा काठमाडौं महानगरका २० विद्यालयबाट ३१९ खेलाडी सहभागी भएका छन्। गल्र्स र ब्वाइज दुवै तर्फ गरि कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कुल ६ विधा समावेश गरिएको छ। पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका कक्षा १ देखि ४ की गल्र्सतर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान, तथा महेन्द्र माविकी आ
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा सम्पन्न प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि हात पार्न सफल भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेष्ठ १५ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टोलीले तरिटोल फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। “युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ। सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण तथा तस्बिरहरू ‘मेरो