धरानमा हुनेभयो 'मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२', विजेताले पाउने १ लाख नगद

  • असार १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले ‘मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना गर्ने भएको छ।

‘राष्ट्र निर्माणमा तरुणहरूको योगदान’ भन्ने मूल नाराका साथ आउँदो भदौ २७ र २८ गते धरान–१५ स्थित सदन स्कुलमा उक्त प्रतियोगिता आयोजना गरिने भएको हो।

प्रतियोगिता सम्बन्धमा जानकारी दिन बुधबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

कार्यक्रममा आयोजकले उक्त प्रतियोगिता नेपाल तरुण दलको पहिलो बैठकको निर्णय अनुसार युवाको क्षमता अभिवृद्धि तथा खेलकुद क्षेत्रलाई व्यावसायिकता दिने उद्देश्यसहित आयोजना गर्न लागिएको जानकारी दिए।

यसअघि ‘तरुण लिडरसिप एक दिने तालिम’ सफलतापूर्वक सम्पन्न गरिसकेको दलले अब खेलकुदमार्फत नेपाली युवा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने योजना बनाएको जनाएको छ।

प्रतियोगिताका संयोजक एवं अध्यक्ष अजय राईका अनुसार प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छानिएर उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गरिनेछ।

विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

त्यस्तै ‘बेस्ट पोसर’ र ‘मोस्ट मस्कुलर’ उपाधि हात पार्नेले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै, खेलकुदसँगै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकको भनाइ छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved