दोश्रो एम्स एसईई रन २०८२ः अप्सु र टिका विजयी

  • असार १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले आयोजना गरेको “दोस्रो एम्स एसईई रन २०८२“ शनिबार सम्पन्न भएको छ।

एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आयोजना गरेको हो । एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनेको एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालाले बताएका छन् ।

 पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा गर्दै तेस्रो भए भने महिलातर्फ युनिषा कटवालले ३१ मिनेट ०९ सेकेण्डमा रन पुरा गर्दै दोस्रो भइन् भने मनिका राईले ३३ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भइन् । एसईई क्याटोगरीका महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र एक हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

यस्तै, प्रथम हुनेले सतप्रतिशत, दोस्रो हुनेले ७५ प्रतिशत र तेस्रो हुने खेलाडी विद्यार्थीले ५० प्रतिशत छात्रवृति पनि पाएका छन् । सहभागी विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुट पाउने भएका छन् । रनमा ओपन क्याटोगरीमा पुरुषतर्फ अमिर लिम्बुले निर्धारित दुरी १७ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै विजेता भए भने महिलातर्फ पुष्पा लिम्बुले २२ मिनेट ५३ सेकेण्डमा पुरा गदै विजेता बनिन् । दुवै जनालाई नगद १५ सय, मेडल प्रदान गरिएको थियो ।

विजेताहरुलाई एम्स एकेडेमीका अध्यक्ष प्रकाश राई, कार्यक्रमका प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल संघ प्रदेश कमिटी अध्यक्ष किसोर राई, अखिल नेपाल फुटबल संघ सुनसरी जिल्ला अध्यक्ष नविन राईले पुरस्कार प्रदान गरेका थिए ।दोस्रो सँस्करणको एम्स एसईई रनको निर्धारित दुरी ६ किलोमिटर रहेको थियो । एकेडेमीबाट शुरुवात भएको रन विभिन्न चोक हुदै पुनः एकेडेमीमै पुगेर टुंगिएको थियो ।

विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदको माध्यमबाट पनि अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीको भनाई छ ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved