खेलकुद

    Showing 1-10 of 650 items.
  • डिपो बास्केटबलको उपाधि प्रभातलाई

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले उचालेको छ । प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गर्यो ।  प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।&n

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको फाइनलमा प्रभात र पाराडाइज भिड्ने

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ। रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलमा चार विद्यालय सेमी फाइनलमा

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए । उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो रनिङ कपमा सुनाखरी, प्रभात, पाराडाइज र चिल्ड्रेन्सको विजयी सुरुआत

    धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्‍यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए। तेस्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार बास्केटबल रनिङ कप सुरु, हिमालयन, हिमशिखर, डिपो र डीपीएस विजयी

    धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्। डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्‍यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो। दोस्रो खेल

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बडी विल्डिङ एण्ड फिटनेश संघ धरानको अध्यक्षमा बिकास भाटी

    धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा विकास भाटी सर्वसम्मतले चयन हुनुभएको छ । श्रावण ९ गते शनिबार सुनसरी बडीविल्डिङ एण्ड फिटनेश संघका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा नेपाल बडीविल्डिङ एण्ड फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष रनबहादुर थेवेको प्रमुख आतिथ्यमा बसेको बैठकले भाटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी संघको प्रथम उपाध्यक्षमा सन्दीप गिरी, द्वितीय उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप ९अमृत० लिम्बु, सहसचिवमा रञ्जना राई र कोषाध्यक्षमा समिनकला राईलाई चयन गरेको छ भने सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सातौँ इन्टर भूपू ब्याडमिन्टन प्रतियोगिता शुरु

    धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा आजबाट सातौँ इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरानको हाताभित्र रहेको ब्याडमिन्टन कोर्टमा दुवै देशका राष्ट्रिय गीतसँगै पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सुवर्ण स्वामी, नेपाल एसबीआई प्रदेश प्रबन्धक श्रीमती दमयन्ती जोशी र नेपाल प्रहरी स्कुल धरानकी प्रिन्सिपल श्रीमती मनिका सुब्बा राईले संयुक्त रूपमा प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरूमा झैँ यस वर्ष समेत पूर्वाञ्चलमा रहेका भूपू समितिहरू प्रतियोगितामा उत्साहका साथ सहभागी भएका छ

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक ‘राजभगत क्लासिक’ बडीबिल्डिङ च्याम्पियनसिप, विजेतालाई ३ लाख रुपैयाँ

    धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीब

    • प्रकाशित मितिः असार २९, २०८३
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन तेस्रो मेयर कप स्कुल ओलम्पिकको बास्केटबल च्याम्पियन

    धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्‍यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो

    • प्रकाशित मितिः असार १८, २०८३
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुलिस र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश

    धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। त्यसैगरी दोस्रो क्वार्टरफ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved