धरान / पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना कहरका कारण ठप्प रहेको पर्यटन व्यवसाय पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुन थालेका छन ।धरानमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिइन् । इलाम हुँदै इटहरी बसेर धरान आइ पुगेकी उनलाई धरान असाध्यै राम्रो लागेको बताइन । पहिलो पटक धरान आएकाृे बताउने ढकालले धरान एकपटक
झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष
धरान । इलामको पर्यटन सुचना केन्द्रलाई व्यवस्थापन नगर्दा सुरक्षामा चुनौति देखिएको छ । तीन जिल्लाको प्रवेशद्वार रहेको जोर कलस स्थित सूचना केन्द्रलाई व्यवस्थित नबनाए पर्यटन विकासमा चुनौति देखिने भएको हो । इलाम, पाँचथर र ताप्लेजुङसम्म जोड्ने प्रवेशद्वारलाई व्यवस्थापन गर्न नसक्दा पर्यटकको तथ्याङ्क राख्न चुनौति देखिएको सरोकारवाला बताउँछन । सूचना केन्द्रले अहिले ठूला सवारीमा आएका पर्यटकको मात्र तथ्याङ्क राख्न सकेको भन्दै सबैखाले सवारी साधनको तथ्याङ्क नराखे कुनै दिन समस्या आउन सक्ने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । तीन जिल्लाकै यात्रुको सुरक्षाका लागि जक्सनमा रहेको केन्द्रलाई मर्म
धरान । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन । त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६
धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए । ती मध्ये एक समुह जसले छुट्टै प्रकारको वस्त्र पहिरिएका थिए । इटहरीबाट आएका १२ जना युवतीको समूह त्यो भीडमा अलग्गै रुपमा प्रस्तुत थिए । पछिल्लो समय बोलबम भक्तजनहरु धार्मिक आस्था राखेर मनोकामना पूरा गर्ने अभिलाषा लिएर आउने भन्दा पनि बोलबम फेशनका साथै प्रचार गर्ने माध्यमका रुपमा लिने गरेको पाइएको छ । मन्दिर परिषर बाहिर विभिन्न संघ संस्थाले व्यानर नै टाँगेर पानी, सर्वतपानी, फलफूल, पूरी तरक
धरान । माइृजोगमाई गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा रहेका छन । गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको हो । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बादेखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँ भए पनि प्रचार हुन नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकेको हो । प्रकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहे यहाका पर्यटन प्रव
धरान । तराईका जिल्लाहरुमा अहिले ह्वात्तै गर्मी बढेको छ । अत्याधिक गर्मीकै कारण तराईका जिल्लाका सर्वसाधारण गर्मी छल्नकै लागि भेडेटार पुग्ने गरेका छन् पछिल्लो समय तराईका जिल्लाका सर्वसाधारणको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य निकाल्ने स्थानको रोजाई बनेको हो, धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । गर्मी बढेसँगै अहिले तराईबाट गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । इटहरी घर भएकी विना आचार्य शनिवार विदाको दिन परिवारसँगै भेडेटार पुगिन् । विदाको सदुपयोग गदैै चिसोमा रम्ने र प्राकृतिक दृश्य नियाल्ने उद्देश्यले हिडेका उनीहरु अन्तत ः धनकुटाको पाख्रीबास पुगे । पा
धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा
हिन्दु पराम्परा अनुसार साउन महिनालाई छुट्टै महत्वका साथ हेरिने गरिन्छ । यो महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहिआएको छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्तव दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल
धरान । ऐलानी पर्ती जग्गाले ठूलो भूभाग ओगटेको सुनसरीको वराहक्षेत्रमा वन कार्यालयको वक्रदृष्टिका कारण गौरवका योजना पूरा हुन सकेका छैनन् । यता स्थानीय सरकारले समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा नगर्दा योजना प्रभावित भएका छन् । बराहक्षेत्र ६ स्थित साकेला पार्कमा निर्माण भइरहेको किरात राई जातिको भवन निर्माण सम्पन्न हुनै लाग्दा डिभिजन वन कार्यालय सुनसरीले अवरोध सिर्जना गरेको छ । अवरोध सिर्जना भएपछि निर्माण सम्पन्न हुनै लागेको किरात राई यायोक्खाको सभा हल र स्टोरको काम रोकिएको छ । डिभिजन वन कार्यालयको यो अवरोध पछिल्लो उदाहरण मात्र हो । केही वर्ष अघि नै धार्मिक वनका रुपमा रुपान्तरण गर्ने भनेर डिएफओ