सीएनआई कोसी एक्स्पोमा अवलोकनकर्ताको भीड

  • माघ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा अवलोकनकर्ताहरुको भीड बढेको छ । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा शुरु भएको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहेका छन् ।

maxa ko achar (2)

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहेका छन् ।

त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए ।

IMG_0822

विशेष गरी महिलाहरु संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पुर्‍याउने र उनीहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उदेश्यका साथ एक्स्पोको आयोजना गरिएको र लक्ष्य अनुरुप अवलोकनकर्ताहरु एक्सोमा आएको नरौलाले जानकारी दिए ।

‘यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौं, त्यहि भएर अनेकौं प्रकारका लघु तथा घरेलु, कृषि उद्यमहरुको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौं’ उनले भने, ‘हरेक उद्यमीलाई ठुला उद्योगीहरु सरह आफ्ना उत्पादनको प्रदर्शनी र विक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठुलो उपलब्धि ठानेका छौं ।माघ २८ गते सम्म चल्ने एक्स्पोको माघ १९ गते एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्‍याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रदेश राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्रवद्र्धनसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा अहिलेसम्म ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved