पर्यटन

    Showing 91-100 of 505 items.
  • साम्पाङको अभियान, धरानको शान: श्रम संस्कृति पार्कमा पर्यटकको ताँती

    धरान/  एकताका सुनसान रहेको बगर आजकल पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको अगुवाइमा श्रमदानमार्फत् निर्माण हुँदै गरेको श्रम संस्कृति पार्क अहिले चर्चामा छ, त्यो पनि अझै पूर्णरूपमा निर्माण नसकिँदै। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते, पार्कमा सयौंको संख्यामा पर्यटक तथा पाहुनाको घुइँचो लागेको थियो। आन्तरिक र बाह्य पर्यटकको बाढीले धरानको यो अधूरो प्रयासले पनि ठूलो सम्भावना बोकेको पुष्टि गरेको छ। माटो र पसिनाले सिँगारिएको यो पार्कमा आज कलात्मक मूर्तिहरू, विभिन्न जातजातीका विरुवा, वाटर फाउन्टेन, गोरखा चौतारी, आरा धरानलगायतका संरचना बनेका छन

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 854 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा दुई लाख भक्तजन,तीन करोड पाँच लाख भेटीघाटी

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आए

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रव

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढकमक्क गुराँस, झलझल हिमाल:पाटेनागीमा स्वर्गको आभास

    इलाम/ चिसो हटिसकेको छ, गर्मी आउन बाँकी छ। यतिबेलाको मौसम वसन्तको रङमा रङ्गिन भएको छ। बोटबिरुवाका पुराना पात झरेका छन्, तिनको ठाउँमा नयाँ पालुवाले हरियाली थपेका छन्। अनि त्यसकै साथमा ढकमक्क फुलेका गुराँसले पाटेनागीलाई स्वर्गजस्तै बनाइदिएको छ। पाटेनागी पुग्ने जो कोहीको मन त्यहाँबाट फर्किन चाहँदैन। गुराँसको रङ्ग, चराचुरुङ्गीको चिरबिर, र आँखैअगाडि देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ। वसन्त ऋतुको यो बेला पाटेनागी पुग्न सबैभन्दा उपयुक्त समय हो। गुराँस र हिमालको अनुपम संगम पाटेनागीमा अहिले लालिगुराँस ढकमक्क फुलेका छन्। तीन हजार मिटरको उचाइबाट देखिने सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालले

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिएमजेको चोत्लुङ पार्कःप्रदेशकै पर्यटकीय गन्तव्य

    धरान/ कोशी प्रदेशकै एक मात्र लाली गुरासको राजधानी तीनजुरे, मिल्के र जल्जले )टिएमजे)को प्रवेशद्वारमा रहेको चोत्लुङ पार्क कोशी प्रदेशकै ४२ औं स्थानको गन्तव्य स्थल बनेको छ । गुरासको राजधानी टिएमजे प्रवेश गर्ने तेह्रथुमको लाली गुरास नगरपालिकाको बसन्तपुरमा बनेको यो पार्क लिम्बू सँस्कृतिलाई झल्काउने ढुंगैढुगाबाट बनेको पार्क हो । कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरहँदा पर्यटक भित्र्याउन यस्ता भौतिक संरचना आवश्यता पर्दछ, यो पार्क पर्यटक तान्ने एक माध्यम बनेको छ ।कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरँदा टिएमजे क्षेत्रलाई केन्द्रविन्दु बनाएर तेह्रथुमको तीनजुरेमा उद्घाटन कार्यक्रम गर्दैछ । लाली

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्स्पोको आय व्यय सार्वजनिक

    धरान। सुनसरीको धरानमा नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गरेको १५ दिने विजनेस एक्स्पो २०८१ को आय व्यय सार्वजनिक गरेको छ । विहीबार महासंघले पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो । आयोजक महासंघका अध्यक्ष शिवराज श्रेष्ठले पत्रकार सम्मेलनमा एक्स्पो अवधिभरी ५ करोड बराबरको कारोबार भएको बताए । श्रेष्ठले भने,“एक्स्पो अवधीभरीमा आम्दानी तर्फ रकम ६९ लाख ३२ हजार ५७० रुपैयाँ आय भएकोमा खर्च कटाएर कुल २ लाख ५८ हजार ८८५ रुपैयाँ बचत भएको आयव्यय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । आयमा सबैभन्दा बढी गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५७० रुपैयाँ सङ्कलन भएको छ भने प्रदेश सरकारबाट १० ल

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 821 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेह्रथुमको तीनजुरेबाट सुरु भयो कोशी प्रदेश पर्यटन वर्ष २०८२

    सुनसरी/ कोशी प्रदेशको पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत "पर्यटन वर्ष २०८२" को औपचारिक शुभारम्भ बुधबार तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रको आरआर गार्डेनमा सम्पन्न भयो। शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विशेष उपस्थितिमा उद्घाटन गर्दै पर्यटनले स्थानीय अर्थतन्त्र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। सिंहले कोशी प्रदेशका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्धिको बाटोमा जग हाल्नुपर्नेमा जोड दिनुभयो। तीनजुरे क्षेत्रलाई विशेष महत्व दिँदै आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'आरा धरान' इतिहास बोल्ने नयाँ पर्यटकीय गन्तव्य

     सुनसरी/  धरानको पहिचान झल्काउने नयाँ संरचना"आरा धरान" ले अहिले पर्यटकहरूलाई तान्न थालेको छ। मेयर हर्क साम्पाङको अगुवाइमा धरान–१३ र २० वडाको संगमस्थल सर्दु जलाधार क्षेत्र (पूर्वको ओसो पार्क) मा निर्माण गरिएको श्रमसंस्कृति पार्क अहिले चर्चामा छ। पार्कभित्र इतिहास बोकेको ‘आरा धरान’ स्तम्भ, दिदीबहिनी पार्क र श्रमसंस्कृति झल्काउने संरचनाले सबैको ध्यान खिचेको छ। विशेष गरी “धरान” नामको उत्पत्तिबारे जानकारी नहुने धेरैका लागि यो पार्क एउटा पाठशालासरह बनेको छ। कलाकार रोजन राईका अनुसार—“घना जंगल फडानी गरेर काठ चिर्ने आरावालाहरुले बनाएको &lsquo

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा, भोलि तीनजुरेबाट सुरु हुँदै

    विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि चैत्र २७ गते, तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ हुने भएको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। पर्यटन वर्ष सञ्चालनको मुख्य उद्देश्य कोशी प्रदेशको पर्यटन प्रवर्धन, आर्थिक समृद्धि र पूर्वाधार विकासलाई तीव्र बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, “प्राकृ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुराँसको राजधानी सुनसान, टिएमजे पुगेका पर्यटक निराश!

    धरान/ लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष समयमै लालीगुराँस नफुलेपछि आन्तरिक पर्यटक निराश भएर फर्किएका छन्। हरेक वर्ष चैत्र–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस फुल्न ढिलाइ हुँदा लालीगुराँस हेर्न पुगेका पर्यटकले खाली हात फर्कनुपरेको हो। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा हरेक वर्ष गुराँस फुलेर राताम्मे हुने जंगलहरू यसपालि सुनसान छन्। लालीगुराँस नगरपालिकाले संरक्षण गर्दै आएको यो क्षेत्रमा चैत्र अन्तिमसम्म पनि फूल नफुल्दा पर्यटक निराश भएका छन्। काठमाडौंबाट लालीगुराँस हेर्न आएकी गीता खड्का लालीगुराँस फुलेको नभए पनि पाथ

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved