बराहक्षेत्रधाम उच्च जोखिम पुर्वराष्ट्रपतिलाई ध्यानाकर्षण

  • माघ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ मा स्थित धर्तीको पहिलो तिर्थस्थलको रुपमा परिचित वराहक्षेत्र मन्दिर क्षेत्र सहित बजार एरिया सप्तकोशी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणकागि तटबन्ध निर्माणकालागि आवश्यक सहजिकरण र सहयोग गरिदिनु हुन् पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारीलाई ध्यानाक्रषण गराउदै आग्रह गरिएको छ ।

प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सक्रियतामा पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारी समक्ष कटान नियन्त्रणकालागि तटबन्ध निर्माणकालागि आवश्यक सहजिकरण र सहयोग गरिदिनु हुन् गुरु योजना सहित लिखित निवेदन पेस गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

पुर्व मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की सहित वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की , वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ , सचिब संन्तोष भण्डारी , कोषाध्यक्ष रवि कुमार श्रेष्ठ , सदस्य दिपक परिवार लगायत को टोली सोमवार पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारीलाई काठमाडौ स्थित निवासमा पुगेका थिए ।

विश्व हिन्दु जगतमा चार प्रसिद्ध क्षेत्र मध्ये एक प्रसिद्ध क्षेत्र वराहक्षेत्र मन्दिर क्षेत्र सहित बजार एरिया सप्तकोशी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणकागि तटबन्ध निर्माणकालागि पहलकदमीकालागि प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की र नगर प्रमुख रमेश कार्की सक्रिय भएर लागेको तथा तटबन्ध निर्माणकालागि आवश्यक सहजिकरण र सहयोग गरिदिने प्रतिबद्धता पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारीले समेत गर्नु भएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

टोलीले सप्तकोशी नदिको कटान नियन्त्रणकालाई आवश्यक बजेट निनियोजनाकालागि उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्री प्रकाशमान सिंह , ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का पुर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतलाई ध्यानाक्रषण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved